भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिवारिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारिवारिक भेटघाटले आत्मीयता र सहयोगी भावनाको विकास गर्ने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारी र जनताको संयुक्त पहलबाट उदाहरणीय काम सम्पन्न हुने उदाहरण भक्तपुर नगरपालिका हो । जनता इमानदार भए निर्वाचित जनप्रतिनिधि पनि इमानदार हुने हु“दा जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा स·ठित गर्नु जरूरी छ ।”
व्यक्तिगत स्वार्थ त्यागेर काम गरे समाजको विकास तीव्रगतिले गर्न सकिने भनाइ उहा“को थियो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर शैक्षिक, राजनीतिक, सांस्कृतिक र सफाइमा परिवर्तन हुनुमा पार्टीका अग्रजहरूको भूमिका महŒवपूर्ण छ । राजनीतिक कार्यकर्ताहरू विचार र सिद्धान्तमा प्रतिबद्ध भई लाग्नुपर्छ ।”
भक्तपुर नगरका जनप्रतिनिधि, कर्मचारी र राजनीतिक नेतृत्वको अनुशासन र इमानदारिताको कारण देशभरिका नगरपालिकालाई मार्ग निर्देश गर्ने क्षमताको विकास भएकोे छ, उहा“ले भन्नुभयो ।
नगरपालिकाले लागु गरेको पर्यटन शुल्कले भक्तपुर विकासमा महŒवपूर्ण योगदान गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले जनतालाई स्वयम्सेवीको भावना दिन पाक्षिक सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कर्मचारी, जनप्रतिनिधिबिच पुनर्ताजगीको लागि पारिवारिक भेटघाट आवश्यक भएको धारणा राख्दै नेमकिपाको उद्देश्य र सिद्धान्तलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीको हो भन्नुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले कर्मचारी र जनप्रतिनिधिको कर्तव्य र जिम्मेवारी फरक भए पनि जनताको सेवा गर्ने साझा जिम्मेवारीबाट प्रेरित भई काम गर्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरू पनि राजनीतिकरूपमा स्पष्ट र प्रतिबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले जनप्रतिनिधिको उद्देश्य पूरा गर्ने कर्मचारीले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौ“मिखाले जनताको मन जितेर काम गर्न सकेमात्र जनप्रतिनिधि र कर्मचारी सफल भएको ठान्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मनुंकर्मीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेवानिवृत्त कर्मचारीहरू गोविन्दराम थुसा र भुवन बखुन्छेलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

