नवआगन्तुक विद्यार्थीहरुको स्वागत र अभिमुखीकरण कार्यक्रम
२०८२ श्रावण ९ गते शुक्रबार
भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२÷८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।

उहा“ले भन्नुभयो, “देशका विभिन्न जिल्लाका भाषाभाषी, जनजातिको कला र संस्कृतिको पनि छुट्टै महŒव छ । हाम्रो देशमा रहेका जातजातिको जति पनि भाषाभाषी, कला र संस्कृति छन् ती सबै विश्वको कला र संस्कृतिभित्र पर्दछ । भक्तपुर नगरका केही मन्दिर र सांस्कृतिक धरोहरहरू विश्व सम्पदामा सूचिकृत छन् । त्यस्तै नेपालमा रहेका जातजाति, भाषाभाषीका सम्पदाहरू पनि विश्वकै सम्पदा हुन् । त्यसको संरक्षण हामीले गर्नुपर्छ† नेपाली जनताले गर्नुपर्छ ।”
विद्यालयमा अध्ययनको क्रममा केही अप्ठ्यारा भएमा विद्यालय सञ्चालक समिति र शिक्षकहरूलाई आफ्नै अभिभावक ठानी समस्या पोखेमा समस्याको समाधानतर्फ विद्यालय परिवार लागिपर्ने उहा“ले बताउनुभयो ।

कार्यरत शिक्षक तथा कर्मचारीहरूको भाषा सभ्य र सुसंस्कृत हुनुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले भन्नुभयो, “कर्मचारीहरूको व्यवहार विद्यार्थीलाई चित्त दुख्ने खालको हुनुहुन्न । विद्यार्थीको दृष्टिकोण सकारात्मक हुने गरी शिक्षक कर्मचारीले जिम्मेवारी निर्वाह गर्नु जरूरी छ ।”
कार्यक्रमका सभापति, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मा.वि. स्थानीय तहबाट सञ्चालित देशकै पहिलो अग्रणी संस्था भएको चर्चा गर्दै सर्वसाधारण जनताका छोराछोरीलाई सुलभ शिक्षा प्रदान गरी एक्काइसौ“ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने देशभक्त र कर्तव्यनिष्ठ नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षा भनेको राज्यको दायित्व हो, जिम्मेवारी हो, संविधानले देखाएको बाटो पनि यही नै हो ।”
ख्वप मा.वि.को जगमा दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेको र आज ती शैक्षिक संस्थाहरू विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “यस वर्ष ख्वप मा.वि.मा कक्षा ११ मा मात्र ६८ जिल्लाका १,८२९ जना विद्यार्थी भर्ना हुनु खुसीको कुरा हो ।”
गुणस्तरीय शिक्षाको लागि ख्वप माविमा भर्ना भएका विद्यार्थीहरूको विश्वासमा कमी आउन नदिन विद्यालय सञ्चालक समिति र भक्तपुर नगरपालिका लागिपर्ने प्रतिबद्धता उहा“ले व्यक्त गर्नुभयो ।

कार्यरत शिक्षक–कर्मचारी र विद्यार्थीहरूले भक्तपुर नगरवासीको योगदानलाई कहिल्यै बिर्सन नहुने आशा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सम्भवतः शिक्षामा धेरै खर्च गर्ने नगरपालिकाहरूमा सबभन्दा माथि भक्तपुर नगरपालिका पर्दछ । यस वर्ष भनपाले ५४ करोड ४ लाखभन्दा बढी रकम अर्थात् भनपाको बजेटको २१.८ प्रतिशत शिक्षाको विकासको लागि विनियोजन गरेको छ ।”
पढ्ने र श्रम गर्ने नाममा युवाहरूको बढ्दो विदेश पलायनले पढाउने शिक्षक र उपचार गर्ने चिकित्सकका साथै देश युवाविहीन हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहा“ले अध्ययनरत विद्यार्थीले देशमै बसी सेवा गर्न सोच राख्नुपर्ने र अहिलेदेखि नै देशको सेवा गर्ने सोच राखेमा सुन्दर नेपालको नक्सा तयार गर्न सकिने र यस्तै विद्यार्थी तयार गर्ने उद्देश्य विद्यालयको रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “विदेशमा विद्यार्थी पठाउने केही शैक्षिक दलालीहरूले देशको शैक्षिक संस्थाहरू तहस नहस गर्दै छन्† यसतर्फ विद्यार्थीहरू सचेत रहनुपर्छ । ख्वप शैक्षिक संस्थाहरू शैक्षिक हडताल र बन्दबाट टाढा रही असल र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा अग्रसर छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साथीहरूस“ग मित्रवत् व्यवहारका साथै मित्रवत प्रतिस्पर्धा हुनुपर्ने र मित्रवत् व्यवहारले सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “विद्यार्थीले विद्यालयलाई पि“जडा होइन घरको रूपमा लिनुपर्छ । त्यसको लागि विद्यालयलाई परिवारको सदस्यको रूपमा आफूलाई परिवर्तन गर्नुपर्छ ।”
विद्यार्थीहरू अत्यन्त उत्सुक र जिज्ञासु हुनुपर्ने धारणा राख्दै प्रदेश सांसद गोसाईले उत्साह र जिज्ञासुलाई प्रेरणाको रूपमा लिए सफलतामा पुग्न सकिने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “दुःख र सङ्घर्ष नगरी कुनै पनि उपलब्धि हासिल गर्न सकिन्न । यदि कसैले दान वा निगाहको रूपमा सफलता हासिल गरेमा त्यो नक्कलीमात्र हुनेछ । नक्कली सफलताको पछाडि विद्यार्थी लाग्नुहुन्न ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने सपनालाई साकार पार्ने उद्देश्यले विद्यालय सञ्चालन भइरहेको र भनपा ख्वप विश्वविद्यालय सञ्चालनमा लागिपरेको बताउनुभयो ।
समाज परिवर्तन गर्न विद्यार्थी स्वयं अनुशासित र इमानदार हुनुपर्नेमा उहा“ले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जीवनको लक्ष्यप्रति आशावादी भएर लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
ख्वप अस्पतालका निर्देशक डा. मजेशप्रताप मल्लले आफ्नो जीवनको लक्ष्य प्राप्तिप्रति गम्भीर भएर लाग्न र अभिभावकहरूस“ग नियमितरूपमा छलफल र भावना सातासात गर्न सुझाव दिनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मा.वि.को आफ्नै किसिमको गौरव र गरिमा रहेको जानकारी दिदै विद्यार्थीहरू कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सामाजिक सञ्जाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समयको संवेदनशीलतालाई ध्यान दिन नसके जीवन लक्ष्यमा पुग्न गा¥हो हुने बताउनुभयो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरू प्रशान्त महतो र नेहा पटेलले पनि स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छे“ले ख्वप कलेजबाट प्रकाशित ख्वप जर्नलको अङ्क–७ विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।