भक्तपुर नगरपालिका वडा नं. ५ खिछेंस्थित सार्वजनिक भजन पाटी ‘व्यक्तिको नाम कायम गरी व्यक्तिगत प्रयोग गर्न पाउनुपर्छ’ भनी परेको रिट निवेदन सम्माननीय सर्वोच्च अदालतबाट खारेज गरी सार्वजनिक भजन पाटी नै कायम हुने गरी आदेश जारी गरिएको छ । परापूर्व कालदेखि दाफा भजन गर्दै आएको उक्त भजन पाटी २०४२ सालको नापीनक्साको फिल्डबुकमा पाटी नै कायम भएको थियो ।
२०४३ सालतिर उक्त भजन पाटीलाई व्यक्तिगत प्रयोगको लागि आसकुमार दुवालले बन्द गरेको थियो । टोलबासी तथा खिछेँ दाफा भजन समूहले पटक पटक भजन पाटी खोली भजन गर्न ठाउँ खुल्ला गर्न अनुरोध गर्दा पनि निजले वेवास्ता गर्दै आए । २०७२ सालको विनाशकारी भूकम्पमा भजनपाटी रहेको उक्त घर भत्कियो तर भजन पाटीको अवशेष बाँकी नै थियो । भत्किएको घर पुनःनिर्मााण्का लागि नपामा नक्सा आवेदन पेश गरिएको थियो । सो नक्सामा भजनपाटीको सट्टामा पसल कवल राखी पेश गरियो । सोही समयमा टोलबासी तथा भजन समूहहरुले भजन पाटी राखेर मात्र नक्सा पास गरिदिन नगरपालिकामा निवेदन पेश गरे । टोलबासी तथा भजन समूहले पटक पटक भजनपाटी खुल्ला राख्न घरधनी नानीछोरी दुवाल लगायत परिवारलाई अनुरोध गरेको थियो । त्यसलाई बेवास्ता गर्दै निरन्तर नक्सा पास गर्न दबाब दिंदै आयो ।
पटक पटक नगरपालिकाको मध्यस्थतामा भजनपाटी खुल्ला राख्न दुई पक्षबीच छलफल भयो तर सफल भएन । परापूर्वकालदेखिको सम्पदाको रुपमा रहीआएको पाटी र त्यसमा पूर्खादेखि गरिआएको भजनलाई रोक्न मिल्दैन, सार्वजनिक भजन पाटी पाटीकै रुपमा हुनुपर्छ भनी भक्तपुर नगरपालिकाले निर्णय गरिदियो । सो निर्णय अनुसार भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा जिल्ला प्रशासनको रोहबरमा मिति २०७५ असोज ६ गते भजन समूह र टोलवासीले भजनपाटी खुल्ला गराएको थियो ।
घरधनी नानी छोरी दुवाल समेत परिवारजनले नगरपालिकाको निर्णय विरुद्ध नगरपालिका, भजन समूह तथा ५२ जना टोलबासीलाई विपक्ष बनाई जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो । उक्त मुद्दा २०७८।४।२२ गते जिल्ला अदालत भक्तपुरका न्यायाधिश आपैm स्थलगत अध्ययन गरी सार्वजनिक भजन पाटी नै हो भनी पैmसला गरियो ।
२०७९।९।२२ गते जिल्ला अदालत भक्तपुरको पैmसला विरुद्ध भक्तपुर नगरपालिका र ५२ जना टोलबासी तथा भजन समूहहरुलाई विपक्ष बनाई सर्वोच्च अदालमा रिट निवेदन दर्ता गरेको थियो । पटक पटकको पेशी पश्चात मिति २०८२।३।३२ गतेको इजलास नं. १० मा रहेको न्यायधिसद्वय श्री अब्दुल अजिज र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले रिट खारेजीको आदेश जारी गरेको थियो । उक्त आदेशबाट एउटा सम्पदा जोगिनुका साथै पाटीसँग जोडिएको धर्म, संस्कृति तथा परम्परागत भजन पनि जोगिएको र पूर्णता पाएको छ ।