भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि आज भक्तपुरका पर्यटन व्यवसायीहरुको भेला गरी राय सुझाव संकलन ग¥यो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले सरकारको नीति तथा कार्यक्रमले सबै पक्ष र क्षेत्रलाई समेटे पनि यसको कार्यान्वयन पक्ष भने फितलो रहेको बताउनुभयो ।
देशको आर्थिक क्रियाकलाप फस्टाउने वातावरण निर्माण गर्नु अति आवश्यक भएको बताउँदै उहाँले बाह्य पर्यटकलाई नेपालमा आकर्षित गर्नुपर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ जोड दिनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
प्रमुख प्रजापतिले विश्वका अन्य साना देशहरुको विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिक्नुपर्ने बताउँदै भक्तपुरको पर्यटन र समग्र नगरको विकासमा पर्यटन व्यवसायीहरुको साथ सहयोग आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वातावरण तथा पर्यटन समितिका सदस्य एवम् भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पर्यटकीय नगर भक्तपुरले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित पर्यटन व्यवसायीहरुले पर्यटक लक्षित महोत्सवहरु आयोजना गरिनुपर्ने, गल्ली गल्लीमा आगो निभाउने उपकरण राख्नुपर्ने, पोखरीहरुमा माछा पालन गर्न सकिने, रात्रीकालिन पर्यटनलाई जोड दिने, पर्यटन शुल्कलाई समयसापेक्ष ढंगले वृद्धि गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने, डिजिटल मार्केटिङलाई अगाडि बढाउनुपर्ने, खाना महोत्सवहरुको आयोजना गर्नुपर्ने, पथ प्रदर्शकहरुलाई पुनर्ताजगी तालिम सञ्चालन गर्नुपर्ने, छाडा कुकुर नियन्त्रण गर्नुपर्ने, भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने योजनाहरु आवश्यक भएको, पर्यटक शौचालय निर्माण गर्नुपर्ने, भक्तपुरका घरेलु तथा मौलिक वस्तुहरुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिनुपर्ने, होटलहरुको गुणस्तर मापन र वर्गीकरण आवश्यक भएकोलगायतका सुझावहरु दिएका थिए ।
कार्यक्रममा भक्तपुर नपा पर्यटन तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभयो ।

