Explore news and happenings at Bhaktapur

ख्वप कलेजको प्रथम कलेज सभा सम्पन्न: कलेजको नीति तथा कार्यक्रमहरू पारित

भक्तपुर, २४ जेठ ।

0
 भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप कलेजको प्रथम कलेज सभा शनिबार कलेजमा सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले विक्रम संवत् २०३६ साल अगाडि भक्तपुर नगरका विद्यालयहरू पाटी पौवामा सञ्चालनमा रहेको, कुनै बेला भक्तपुर शिक्षामा बदनाम भएको, २०३६ सालपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को निर्देशनमा भक्तपुर नगरमा शिक्षाको विकासको लागि प्रौढ कक्षा सञ्चालन गरेको, पार्टीकै निर्देशनअनुसार २०४६ देखि २०५६ सालमा गुणस्तरीय शिक्षामा जोड दिएको र २०५६ सालपछि भनपाद्वारा कलेजहरू सञ्चालन गरी देशकै सेवा गरिरहेको बताउनुभयो ।
२०५६ सालमा नेमकिपाका अध्यक्ष रोहितले एउटा कार्यक्रममा १५ वर्षभित्र भक्तपुर नगरका प्रत्येक घरमा एक स्नातक उत्तीर्ण नगरवासी तयार गर्ने घोषणा गरेअनुरूप ख्वप कलेजहरू सञ्चालन भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा–कला–संस्कृति संरक्षण, सरसफाइ, विकास निर्माणमा भक्तपुर नगरपालिकाले फरक ढ·ले कार्य गर्दै आएको र जुन अरू स्थानीय निकायले अभिरुचिपूर्वक हेरिरहेको छ, उहा“ले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले २०६४ सालदेखि ख्वप विश्वविद्यालय सञ्चालनको लागि तयारी गर्दै आएको र ख्वप विश्वविद्यालय भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गामा सञ्चालन हुने प्रमुख प्रजापतिले बताउनुभयो ।
भागबन्डामा नलागेको र सरकारमा नगएकै कारण ख्वप विश्वविद्यालयको स्वीकृति नपाएको बुद्धिजीवीहरूबिच हुने चर्चा परिचर्चामा सत्यता भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले नेमकिपा भागबन्डाको राजनीतिमा कहिल्यै लाग्ने छैन भन्नुभयो ।
कलेज सभाको औचित्यबारे स्पष्ट पार्दै कलेज सभाका अध्यक्ष एवं नगर प्रमुख प्रजापतिले ख्वप कलेज ‘क्यूएए’ प्राप्तिको लागि अगाडि बढिरहेको छ भन्नुभयो ।
वाग्मती प्रदेशसभाका सांसद एवं कलेज सभाका सदस्य सुरेन्द्रराज गोसाईले ख्वप कलेजहरू नेपालको शैक्षिक संस्थाहरूमा एउटा ‘मास्टर पिस’ को रूपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
ख्वप कलेजहरूलाई अझ अगाडि बढाउन नियमित छलफल र समीक्षा गर्नुपर्ने आवश्यकता औ“ल्याउ“दै सकारात्मक आलोचनाले शक्ति प्रदान गर्ने र शक्तिलाई ऊर्जामा परिवर्तन गरी संस्थाको विकासमा लगाउनुपर्नेमा उहा“ले जोड दिनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “कलेजको विकासमा सम्पूर्ण सरोकारवाला पक्षहरूलाई परिचालन गर्नु जरूरी छ† कार्यालय समयमात्र काम गर्नाले कलेजको प्रगति नहुने भएकोले सम्पूर्ण समय कलेजकै हितमा चिन्तन गर्नु जरूरी छ ।”
नया“ पुस्ताको चाहनालाई समेट्न सके युगलाई अगाडि बढाउन सकिने धारणा राख्दै सांसद गोसाईले युुवा पुस्ताको इच्छा, आकाङ्क्षा र मनोभावलाई बुझेर ख्वप कलेजहरू अगाडि बढ्नु जरूरी छ भन्नुभयो ।
अलिहेका प्रमुख समस्याहरू भनेको भ्रष्टाचार र भ्रष्टाचारी प्रवृत्ति, अराजक ढ·मा लेख्ने सोच्ने प्रवृत्ति, सम्पूर्ण क्षेत्रमा भद्रगोल भए पनि भद्रगोलको स्थितिलाई सामान्यरूपमा लिने प्रवृत्ति हाबी हुनु हो, उहा“ले भन्नुभयो ।
नया“ पुस्ता भनेको देशको भविष्य र आशाको पुञ्ज भएकोले शिक्षकहरूले भ्रष्टाचार र अराजक प्रवृत्तिविरूद्ध लड्ने नया“ पुस्ता तयार गर्नु जरूरी भएकोमा जोड दि“दै सांसद गोसाईले विद्यालय र कलेजलाई भद्रगोल स्थितिबाट जोगाउनैपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सभाका उपाध्यक्ष रजनी जोशीले नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको हु“दा कार्यरत शिक्षकहरुले अझ बढी जिम्मेवारी भई सेवा गर्नु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पेस गर्नुभएको आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, कलेजको आ.व. २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम र कलेजको स्ट्राटेजिक प्लान अनुमोदन एवं पारित भएको छ ।
सभामा प्राचार्य श्रेष्ठले राख्नुभएको प्रतिवेदन तथा प्रतिवेदनहरूबारे कलेज सभासद्हरू रवीन्द्र ज्याख्व, हरिराम सुवाल, प्रा.डा. राजुभाइ त्यात, इ. सुजन माक र इ. सुनिल दुवालले टिप्पणी गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.