Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ ईन्जिनियरिङको प्रथम कलेज सभा सम्पन्न

भक्तपुर, २३ जेठ

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको प्रथम कलेज सभा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले यस कलेजको सफलतामा भक्तपुर जनताको साथ र सहयोग भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “भक्तपुरको सुशासन सबैका लागि अनुकरणीय बनिरहेको छ । शिक्षाको विकासस“गस“गै भक्तपुर नगरको समग्र विकास भइरहेको छ ।”
भनपाबाट सञ्चालित सातवटै कलेजको गुणस्तर राम्रो बनाउन प्रयास भइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले ख्वप सर्कलका कलेजहरूबाट विभिन्न क्षेत्रका दक्ष जनशक्ति तयार गरी देशकै सेवा गरिरहेको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ भक्तपुरकै परिचयको रूपमा स्थापित भइरहेको छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले कलेजको सफलताको कामना गर्दै सभाबाट पारित निर्णयबाट कलेजले अझै प्रगति गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
कलेजको गरिमालाई वृद्धि गर्न सबै पक्षबाट उत्तिकै सहयोग र साथ आवश्यक हुने धारणा राख्दै उहा“ले कलेजलाई दिगो बनाउन र कलेजले लिएको उद्देश्य पूरा गर्न सरोकारवाला पक्षस“ग नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं कलेज सभाका उपाध्यक्ष रजनी जोशीले नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभयो ।
सभामा कलेजका प्राचार्य सुनिल दुवालले अनुमोदनको लागि पेस गर्नुभएको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, कलेजको आ.व. २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम, कलेजको पञ्चवर्षीय योजना संशोधनसहित पारित गर्नुको साथै कलेज विधान संशोधनको प्रस्ताव अनुमोदन गरेको छ ।

Leave A Reply

Your email address will not be published.