Explore news and happenings at Bhaktapur

दरबार क्षेत्रमा अवस्थित पाहाँ छेँ सत्तल शिलान्यास

भक्तपुर । २०८२ जेठ २२

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पाहाँ छेँ सत्तल पुनःनिर्माणको लागि आज शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुरका अन्य सम्पदाहरु जस्तै पाहाँ छेँ सत्तल पनि प्राप्त प्रमाणहरुको आधारमा मौलिक स्वरुपमा पुनःनिर्माण गर्न जोड दिनुभयो ।
भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने भक्तपुर नपाको लक्ष्य विस्तारै पूरा हुँदैछ भन्नुभयो ।
भक्तपुरमा रोजगारी सिर्जनाका धेरै अवसरहरु रहेको बताउँदै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर नपाले यहाँका सम्पदाहरु आफ्नै स्रोतमा संरक्षण गर्दै आएको बताउँदै नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले नपा अगाडि बढिरहेको बताउनुभयो ।
सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित पाहाँ छेँ सत्तल ऐतिहासिक रुपले महत्वपूर्ण रहेको चर्चा गर्दै सत्तल पुरानै स्वरुपमा पुनःनिर्माण गर्न अध्ययन भइरहेको बताउनुभयो ।
कार्यक्रममा पाहाँ छेँ सत्तल पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामहरि गोरा र कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.