Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा अध्ययनरत विद्यार्थीलाई (प्रोजेक्ट बेस लर्निङअनुरूप) संलग्न गराई अनुसन्धानात्मक तथा प्रयोगात्मक अध्ययन अगाडि बढाउने’ विषयमा सरोकारवाला पक्ष भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूस“ग छलफल

भक्तपुर, १७ जेठ ।

0
 ‘ख्वप कलेज पब्लिक इन्फरमेसन सेल’ को आयोजनामा ‘भक्तपुर नगरपालिकाका वडामा सञ्चालित विकास निर्माणलगायत अन्य वडाका गतिविधिहरूमा ख्वप कलेजमा अध्ययनरत विद्यार्थीलाई (प्रोजेक्ट बेस लर्निङअनुरूप) संलग्न गराई अनुसन्धानात्मक तथा प्रयोगात्मक अध्ययन अगाडि बढाउने’ विषयमा सरोकारवाला पक्ष भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूस“ग छलफल कार्यक्रम शनिबार कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र भक्तपुर नगरपालिकाबिच समन्वय गरेर धेरै काम गर्न सकिने भएकोले अनुसन्धानसम्बन्धी प्रस्तावहरू कलेजबाट पेस भएमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
‘एक घर एक स्नातक’ अभियान, ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनालाई साकार पार्ने, शिक्षाको माध्यमबाट देशकै सेवा गर्ने उद्देश्यले नै भक्तपुर नगरपालिकाले कलेजहरू सञ्चालन गर्दै आएको उहा“ले बताउनुभयो ।
विश्वविद्यालय अनुसन्धानको केन्द्र हुनुपर्नेमा जोड दि“दै प्रमुख प्रजापतिले विश्वविद्यालयले सम्बन्धन नदि“दा नया“ नया“ विषय सञ्चालन गर्ने लक्ष्य पूरा नभए पनि प्रयास जारी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलो कार्यक्रमको तथ्याड्ढलाई मनन गरी नगरपालिकाले शैक्षिक ऋणको व्यवस्था र टोलटोलमा व्यायामशाला बनाउ“दै लगेको प्रमुख प्रजापतिले बताउनुभयो ।
सरकारबाट विकास निर्माणमा अपेक्षा गर्ने स्थिति नरहेकोले नगरवासीकै भरमा भनपाले काम गरिररहेको उहा“ले स्पष्ट पार्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीका अग्रजहरूको दूरदर्शी सोचका कारण शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा भक्तपुरले उदाहरणीय कामको सकारात्मक चर्चा परिचर्चा भइरहेको छ”, उहा“ले भन्नुभयो ।
ख्वप कलेज सञ्चालक समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरलाई सफा–स्वस्थ नगर, ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल बनाउनेजस्ता निश्चित मार्गनिर्देशनअनुरूप भक्तपुर नगरपालिका लागिरहेकोे बताउनुभयो ।
आजभन्दा २६ वर्ष अगाडि स्थापना भई सञ्चालनमा रहेका ख्वप शैक्षिक सर्कल कलेजका विद्यार्थीहरूले स्वदेशमात्र नभई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्टता हासिल गरिरहेको चर्चा गर्दै उहा“ले भन्नुभयो, “नया“ पुस्तालाई इमानदार र योग्य बनाउनु हाम्रो दायित्व हो । नया“ पुस्ता र अग्रजहरूलाई सम्मान गर्नु जरूरी छ ।”
भक्तपुरका दुई वटा खोला (हनुमन्ते र खासाङखुसुङ) लाई जीवन्त राख्ने र फोहरलाई व्यवस्थित गर्नु नगरपालिकाको लागि चुनौती भएकोले यसको समस्या समाधानमा नपाद्वारा सञ्चालित कलेजहरूले सहयोग गर्नुपर्ने धारणा उहा“ले व्यक्त गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रस्ट्याउ“दै कलेजको प्रमुख सरोकारवाला पक्ष भनेको भक्तपुर नगरपालिका भएकोले कलेजको स्थिति र कार्यक्रमबारे जानकारी दिन जनप्रतिनिधिस“ग छलफल कार्यक्रम राखेको हो भन्नुभयो ।
विद्यार्थीलाई कक्षा कोठाका साथसाथै व्यवहारिक र समाजस“ग घुलमिल गराउन समुदाय लक्षित कार्यक्रममा सहभागी गराउनु जरूरी रहेकोले भनपाका विभिन्न विकास निर्माण एवं सामाजिक गतिविधिहरूमा विद्यार्थीलाई सहभागी गराउने अवसर उपलब्ध गराइदिन उहा“ले भक्तपुर नगरपालिकालाई अनुरोध गर्नुभयो ।
कलेजका वरिष्ठ उपप्राध्यापक एवं अर्थशास्त्र विषयका उपप्राध्यापक राजन फाजुले ‘लागत लाभ र विश्लेषण’ बारे जानकारी दि“दै योजना लागु गर्नुभन्दा पहिले ‘लागत लाभ र विश्लेषण’ गर्नु जरूरी छ भन्नुभयो ।
कलेजका सामाजिक कार्य विषयका उपप्राध्यापक सुन्दर श्रेष्ठले ‘एकेडेमिया मिट्स प्रोफेसनालिजम्’ विषयमा जानकारी दि“दै भनपाले आफूअन्तर्गत शैक्षिक संस्थास“ग सहकार्य गरी काम गर्न सकेमा नतिजा धेरै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा उपप्राध्यापक मीरा प्रजापतिले कलेजको वातावरण विभागले गर्दै आएका गतिविधि र उपप्राध्यापक जुनु हाडाले ‘समुदाय र नगरपालिकाका परियोजनाहरूस“ग विद्यार्थीहरू’ प्रस्ट्याउनुभएको थियो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले विद्यालयको गतिविधिबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा कलेजका इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरूको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.