Explore news and happenings at Bhaktapur

पर्यटन व्यवसायीहरुबीच भक्तपुरको पर्यटन प्रवद्र्धनबारे छलफल

भक्तपुर । २०८२ जेठ १२

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा पर्यटन विकासको सम्भावना धेरै भएर पनि नेपालले पर्यटनबाट प्रगति गर्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको पर्यटन प्रवद्र्धनबारे पर्यटन व्यवसायीबीच गरिएको छलफल कार्यक्रममा उहाँले मुलुकको पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको बताउँदै पर्यटकलाई नेपाल भित्र्याउन नेपालबारे व्यापक प्रचारप्रसारको आवश्यकता रहेको बतानुभयो ।
उहाँले पर्यटन प्रवद्र्धनमा सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउ“दै पर्यटन प्रवद्र्धनमा सरकारको तर्फबट नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभयो ।
भक्तपुरको विकाससँगै संसारभर देशलाई चिनाउने प्रयास भक्तपुर नगरपालिकाले गर्दै आएको बताउँदै उहाँले भक्तपुर नपाले विदेशीको सहयोगविना सम्पदा पुनःनिर्माण गर्नु गौरवको विषय भएको बताउनुभयो । भक्तपुरको पर्यटन विकासले सिंगो देशलाई नै फाइदा पुगेको उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटकहरुबाट उठाउँदै आएको पर्यटक सेवा शुल्कबाट उठेको रकमबाट सिंगो नगरको सन्तुलित विकासमा खर्च गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण कार्यले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
कार्यक्रममा वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुर देशकै सानो नगर भएर पनि ऐतिहासिक र सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण नगर भएको बताउँदै भक्तपुर नपाले सम्पदा संरक्षण र सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले काम गर्दै आएको बताउनुभयो ।
बाह्य पर्यटनमा मात्र निर्भर हुँदा कुनै पनि समय संकट आउनसक्नेतर्फ पर्यटन व्यवसायीहरु सचेत हुनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले यहाँको हरेक सांस्कृतिक गतिविधिसँगै जनताको आर्थिक स्तर उकास्ने प्रयास पनि भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नपाले पर्यटन प्रवद्र्धनमा गर्दै आएका गतिविधिहरुबारे प्रष्ट पार्दै पर्यटकबाट उठाउँदै आएको सेवा शुल्कले भक्तपुरको ऐतिहासिक, शैक्षिक, पूर्वाधार निर्माण, स्वास्थ्य, सीपमूलक तालिम तथा पर्यटन विकासका लागि विविध कार्यक्रमहरु अगाडि सार्दै आएको बताउनुभयो ।
कार्यक्रममा सरोकारवाला पर्यटन व्यवसायीहरुले नेपालका युवा जशक्तिलाई भक्तपुरको पर्यटन प्रवद्र्धनमा आबद्ध गराउनुपर्ने, भक्तपुरको इतिहासलाई जीवन्त राख्न आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने, सामाजिक सञ्जालमार्फत भक्तपुरको व्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने, मौलिक खानेकुराको प्रवद्र्धन गर्नुपर्ने, पर्यटकहरुलाई सुरक्षित खानाको सुनिश्चितता गराउनुपर्ने, भक्तपुरको रैथाने वस्तु पर्यटकलाई उपहारको रुपमा प्रदान गर्ने व्यवस्था आवश्यक भएको, पर्यटकको सुरक्षाबारे पनि ध्यान दिनुपर्ने, छाडा कुकुरहरुलाई नियन्त्रण गर्नुपर्ने, समयसुहाउँदो नीतिहरु आवश्यक भएको, रात्रीकालिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने, पर्यटक लक्षित सुविधासम्पन्न शौचालयको व्यवस्था हुनुपर्ने, सांस्कृतिक नाच प्रदर्शनीको व्यवस्था हुनुपर्नेलगायतका धारणाहरु व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपाल, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सी, होटल एसोसिएसन अफ नेपाल, नेपाल टुरिजम डेभलपमेन्ट इन्टरप्रेनर एशोसिएसन, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, पर्यटक प्रहरी केन्द्रीय कार्यालय, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.