Explore news and happenings at Bhaktapur

एकतिहाइ नेपालीलाई विदेश पठाएर सरकार विदेशी कामदार आयात गर्दै’

भक्तपुर, १० जेठ ।

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माध्यमिक विद्यालयमा भर्ना भई कक्षा १२ को बोर्ड परीक्षा दिएर बसेका २०८१ भर्ना समूहका विद्यार्थीहरूको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छे“ले सरकार एकतिहाइ नेपालीलाई विदेश पठाएर विदेशी कामदारलाई आयात गर्दै छ भन्नुभयो ।
विश्व व्यापार स·ठनको सदस्य हुन नहुनेबारे नेपाल मजदुर किसान पार्टीले सचेत गराए पनि शासक पार्टीको गलत निर्णयका कारण सदस्य बन्दा नेपाली कलेजहरू बन्द हुने स्थितिमा पुगेको उहा“ले बताउनुभयो ।
“रेमिट्यान्सबाट नेपाल भित्रिने पैसाभन्दा बढी रकम उच्च शिक्षा अध्ययन र रोजगारको नाममा विदेश जानेहरूबाट नेपाली मुद्रा बाहिरिरहेको छ । नेपाल विश्व व्यापार स·ठनको सदस्य हु“दाको परिणाम काठमाडौ“मा धेरै विदेशी विश्वविद्यालयहरू भित्रिरहेका छन्‌ । यसले हामी झन्‌झन् गरिब हु“दै जानेछौ“”, अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
उहा“ले अगाडि भन्नुभयो, “हामीले अरुलाई चित्त दुख्ने नगरौ“, सबैलाई समान व्यवहार गर्ने शिक्षा विद्यालय तहमै सिकाउनु जरूरी छ ।”
“संरा अमेरिकामा अझै कालो र गोरा जातिबिच धेरै विभेद छ । विश्व सर्वहारावर्गका नेता कार्लमार्क्सले भन्नुभएको थियो – ॅअमेरिकाको हरेक डलरमा काला जातिको रगत पसिना बगेको छ ।’ त्यो देश काला वर्णका जनताले बनाएका हुन्‌ ।” अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
उहा“ले अगाडि भन्नुभयो, “हाम्रो देश विभिन्न जात जाति मिलेर बनेको छ । हाम्रै देशमा पनि पक्षपात छ । यो देशमा कसैले हामी ठुलो जात भनेर दाबी गर्छ भने त्यो धेरै दिन टिक्नेछैन ।”
अध्यक्ष बिजुक्छे“ले शिक्षकहरूलाई सुझाव दि“दै भन्नुभयो, “हामीले हाम्रा विद्यार्थीलाई पाठ्यपुस्तकबाहेक हरेक विषयमा ज्ञान दिऔ“† देशलाई आइपर्ने हरेक समस्याको विषयमा तिनीहरू जानकार होऊन्‌† हामीले विद्यार्थीलाई अरूको सेवा गर्ने भावना दिऔ“† अरूको सेवा गर्ने शिक्षा दिऔ“”
“संरा अमेरिकी साम्राज्यवादको हैकम संसारका न्यायप्रेमी जनताले मान्नेछैनन्‌ । संरा अमेरिकी साम्राज्यवादको अह“कार धेरै टिक्नेछैन । अमेरिकामा धेरै राष्ट्रपति गोलीको सिकार भएका छन्‌ । घमण्ड गर्नेहरू धेरै टिक्दैन भन्ने कुरा अमेरिकाको इतिहासले स्पष्ट गर्छ । संरा अमेरिकाले भियतनाममा धेरै अन्याय गरेपछि आखिर अमेरिकीहरू त्यहा“बाट भाग्नुपर्यो ।”, अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
“राणाकालमा गल्लावालहरू गाउ“ गाउ“मा गई नेपाली युवाहरूलाई गोर्खा भर्तीमा पठाएजस्तै अहिलेका गणतन्त्रवादी र प्रजातन्त्रवादी भन्ने सरकारले म्यानपावर कम्पनी खोलेर युवाहरूलाई विदेश पठाइरहेको र तिनीहरूले विदेशीको एजेन्ट भई काम गरिरहेका छन्‌ । नेपाली युवालाई विदेश पठाउने नीतिले नेपाल बुढाबुढी र रोगीहरूको देश बन्ने खतरा छ† नया“ पुस्तालाई धेरै दुःख हुने भएकोले हामीले अहिलेदेखि नै युवालाई विदेश पठाउने नीतिको विरोध गर्नुपर्छ”, अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
“युवालाई विदेश पठाउने नीतिलाई नियन्त्रण गर्न म्यानपावर कम्पनीलाई निगरानी राख्ने, राहदानी दिनमा कडाइ गर्न सके युवा विदेश पलायन रोकिनेछ । हाम्रो देशलाई हामीले नै विकास गर्नुपर्छ भन्ने भावना विकास युवा पुस्तालाई दिनु जरूरी छ । विदेशबाट सिकेर देशको लागि योगदान गरौ“”, अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो विद्यालय एउटा विचार र चिन्तनले स्थापना भएको चर्चा गर्दै भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको २०५४ सालको स्थानीय निकाय निर्वाचनमा ॅशिक्षालाई जोड दिने’ भन्ने उल्लेख थियो । त्यसैको परिणामस्वरूप स्थापना भएको ख्वप मा.वि.को जगमा अहिले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन्‌ । ती शैक्षिक संस्थाहरूमा ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्‌ । हालसम्म यी शैक्षिक संस्थामा ४४ हजार विद्यार्थीहरूले अध्ययन गर्ने अवसर पाएका छन्‌ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “ख्वप सर्कलमा थुपै विषयहरू स्नातक र स्नातकोत्तर अध्ययनको व्यवस्था छ । विज्ञान, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ जुन विषय पढ्न चाहनुहुन्छ, ती विषयमा भर्ना भई अध्ययन गर्नुहोला । उच्च शिक्षा अध्ययन गरेर देश र समाजको सेवा गर्नु आग्रह गर्छु ।”
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा वर्षको ४ करोडभन्दा बढी रकम बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दि“दै उहा“ले भन्नुभयो, “आर्थिक कारणले कोही पनि विद्यार्थी उच्च शिक्षा पढ्नबाट वञ्चित नहोस् भनी भक्तपुरवासी विद्यार्थीहरूका लागि जहा“ गएर अध्ययन गरे पनि शैक्षिक ऋण दिने व्यवस्था छ । हाल ७५१ जनालाई ऋण स्वीकृत गरी नपास“ग रू. ५ लाखसम्म शैक्षिक ऋण लिएर अध्ययन गरिरहेका छन्‌ ।”
“अहिले शिक्षालाई सेवाभन्दा व्यापार वा उद्योगको रूपमा स्थापना गर्नेहरूले झिलिमिली विज्ञापन गरिरहेका छन्‌ । शिक्षामा अर्बौ“ लगानी गरेर वर्षको करोडौ“ कमाउनेहरू यहा“ थुप्रै पु“जीपतिहरू छन्‌ । तिनीहरूकै कारण अहिले शिक्षा निकै मह“गो हु“दै गइरहेका छन्‌ । त्यस्ता कलेजहरूले विद्यार्थीहरूलाई विदेश जान उत्साहित गरिरहेका छन्‌ । बुझेर वा नबुझेर वार्षिक १ लाखभन्दा बढी विद्यार्थीहरू विदेश अध्ययन गर्न जाने गरेको तथ्याड्ढ छ । ती विद्यार्थीको अध्ययनको लागि मात्र वार्षिक १ खर्बभन्दा बढी पैसा बाहिर जाने गरेको छ, उहा“ले सचेत गराउनुभयो ।
अरूको लहलहैमा मापदण्ड पूरा नभएका कलेजहरूमा अध्ययन गर्नुभयो भने पछि समस्या आउन सक्नेप्रति विद्यार्थीलाई सजग गराउ“दै प्रमुख प्रजापतिले जहा“ पढे पनि जुनसुकै विषय अध्ययन गरे पनि सोचेरमात्र अध्ययन गर्न सुझाव दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “२०५६ सालमा ख्वप मावि खोल्ने बेला त्यतिबेलाका प्रशासकहरूले नगरपालिकालाई मावि र कलेज सञ्चालन गर्ने अधिकार छैन भनेका थिए । लामो समय लगाएर हामीले स्वीकृति पायौ“ । अहिले ती शैक्षिक संस्थाहरू देशकै नमुना बनेका छन, उत्कृष्ट बनेका छन्‌ । हाम्रा संरचनाभित्र अध्ययन गर्नुभयो भने कुनै किसिमको समस्या आए पनि सहज रूपमा अध्ययनको अवसर दिनेछा“ै, सहयोग गर्नेछौ“ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीले आफ्‌नो क्षमता, पारिवारिक स्थिति र परिवेशलाई ध्यान दिई उच्च शिक्षाको अध्ययनको विषय छनोट गर्नुपर्ने सुझाव दिनुभयो ।
युवाकालमा विभिन्न अवसरका ढोकाहरू खुल्ने भएकोले सही अवसर छनोट गर्न सक्नुपर्ने र विवेकको प्रयोग गरी जीवनलाई अगाडि बढाउन सक्नुपर्छ भन्दै उहा“ले बढीभन्दा बढीस“ग घुलमिल हुन सक्नुपर्ने र धेरै जीवनोपयोगी सीपहरू सिक्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको लागि राम्रा शिक्षकहरू धेरै आवश्यक भएको चर्चा गर्दै विद्यार्थीहरूलाई एक असल शिक्षक बन्ने जीवनको उद्देश्य लिन सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यकासाथ भनपा अगाडि बढिरहेको छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले काम गरिरहेको उहा“ले बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुनिल दुवाल, ख्वप अस्पतालका निर्देश डा. मजेशप्रताप मल्ल, ख्वप कलेज अफ ल लका प्राचार्य अनिता जधारीले उच्च शिक्षाका विविध विषयमा मार्गनिर्देशन दिनुभएको थियो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले ख्वप मा.वि.मा अध्ययन गर्दाको अनुभव बताउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

Leave A Reply

Your email address will not be published.