Explore news and happenings at Bhaktapur

भनपा वडा नं. ३ मा नाक, कान तथा घाँटीको शिविर

जेष्ठ ४, २०८२

0
भनपा वडा नं. ३ मा नाक, कान तथा घाँटीको शिविर
भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिका वडा नं. ३ तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार भनपा ३ वडास्थित वंशगोपालमा नाक, कान र घाँटीको स्वास्थ्य शिविर भयो ।
उक्त शिविरमा भनपा ३ का वडाध्यक्ष राजकृष्ण गोराले डा. एलिसा महर्जनलाई सामान हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । उहाँले भक्तपुर नपा जनताको साझा संस्था हो; भनपाले नगरवासीहरूको भावनासँग एकाकार गरी नगरवासीहरूको सल्लाह, सुझाव र सहयोगमा काम गरिरहेको बताउनुभयो ।
जनताको स्वास्थ्यलाई सदैव प्राथमिकतामा राखी समय–समयमा विभिन्न रोगहरूको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य नै धन हो; आ–आफ्नो स्वास्थ्य समय–समयमा परीक्षण गरी जटिल रोगबाट बच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।
शिविरमा महिला पुरुष गरी जम्मा १०५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.