उपप्रमुख रजनी जोशीद्वारा लिबालीमा भएको आगलागी निरीक्षण
भक्तपुर । २०८२ वैशाख १७
भक्तपुर नगरपालिका वडा नं.८ लिबालीस्थित फर्निचर उद्योगमा आगलागी भएको छ । टहरा निर्माणको क्रममा वायरिङ गर्दा आगोको झिल्का सल्केर फर्निचर उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी ११—१२ लाखको क्षति भएको जनाएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुलगायतले आगलागी भएको ठाउँमा निरीक्षण गर्नुभई क्षतिको अवस्थाबारे जानकारी लिनुभयो ।
