Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाबाट बाल्टिन वितरण

भक्तपुर । वैशाख १६

0
भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा आज वडाबासीहरुलाई कुहिने र नकुहिने फोहोर संकलनको लागि अलग अलग बाल्टिन वितरण गरेको छ ।
बाल्टिन वितरण कार्यक्रममा बोल्दै भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले हाम्रा अग्रजहरुले भक्तपुरलाई सफा नगरको रुपमा कायम गर्न सफाई आन्दोलन गरेको स्मरण गर्नुभयो ।
भक्तपुरको फोहोरलाई व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र नगरपालिकाको गाडीमा राख्न अनुरोध गर्दै उहाँले भक्तपुरलाई सफा नगरको रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेमकिपा वडा नं. २ का अध्यक्ष रत्नकाजी नायभारीले नेमकिपाको सिद्धान्तअनुसार भक्तपुर नगरपालिकाले जनताको सेवा गरिरहेको बताउँदै नपाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गणेशप्रसाद सुवाल र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो भने यस आ.व.सम्म सफाइशुल्क तिरेका नगरबासीहरुलाई रु. २०० मा दुईवटा बाल्टिन वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.