Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिलाई विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको वार्षिक प्रतिवेदन हस्तान्तरण

भक्तपुर । २०८२ वैशाख १२

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिकाद्वारा विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले २०८१ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
सो क्रममा नगर प्रमुख सुनिल प्रजापतिले अनुगमन समितिका सदस्यहरुलाई धन्यवादज्ञापन गर्दै प्रतिवेदनले सुझाएका विषयहरुमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
हस्तान्तरण गरिएको प्रतिवेदनमा २०८१ साल वैशाखदेखि २०८२ वैशाख ११ गतेसम्म समितिले गरेको गतिविधिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । समितिको पहलमा सो अवधिभित्र विभिन्न ६ वटा शिक्षक तालिम सञ्चालन भएको थियो । नवप्रवेशी शिक्षकहरुलाई सेवा प्रवेश तालिम, ए.बी.सी. मोडेलको पाठयोजना तालिम, वातावरणीय न्याय सम्बन्धमा विज्ञान शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम र २०८२ सालदेखि लागू हुने राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जनबारे पनि अभिमुखीकरण कार्यक्रमलगायतका छन् ।
त्यस्तै समितिले विभिन्न चार चरणमा विद्यालयको अनुगमन गरी पाएको तथ्याड्ढको आधारमा विद्यालय र शिक्षकलाई सुझाव दिई विद्यालयको लागि आर्थिक अनुदानको लागि सिफारिससमेत गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसरी नै सामुदायिक आधारभूत विद्यालय समितिद्वारा प्रस्तुत प्रतिवेदन समेतको अध्ययन गरी आवश्यक सुझाव दिइएको छ भने नजिक नजिकमा रहेका न्यून विद्यार्थी भएका विद्यालयहरुबीच आपसी सहकार्यको लागि पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।
साथै यो वर्षदेखि कक्षा ४ मा न्युनतम १० जना विद्यार्थीभन्दा कम भएको अवस्थामा कक्षा सञ्चालन नगर्न सुझाव दिइ शिक्षक अभावलाई व्यवस्थापन गर्न खोजिएको छ । अनुगमन समितिको काम छिटो छरितो गर्नको लागि इन्ग्रेल्स प्रा.लि.सँग विद्यालय अनुगमन प्रणाली सफ्टवेयर तयार गरी लागू गर्न समेत सुझाव दिइएको छ ।
साथै अनुगमन समितिमा थप विज्ञहरु भएमा अनुगमन थप प्रभावकारी हुने समेत सुझाव दिइएको छ । त्यस्तै बी.एल.ई. र एस.ई.ई. नतिजाको आधारमा निश्चित मापदण्ड बनाई विषय शिक्षकहरुलाई सम्मान गर्न पनि समितिले सुझाव दिएको छ ।
सो अवसरमा नगर शिक्षा समिति, विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति र नगर शिक्षा शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.