Explore news and happenings at Bhaktapur

जनप्रतिनिधि तथा कर्मचारी पारिवारिक भेटघाट कार्यक्रम

भक्तपुर, ३ साउन ।

0
भक्तपुर नगरपालिका वडा नं. ९ का जनप्रतिनिधि तथा कर्मचारीहरूको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नया“ पुस्तालाई शिक्षित, स·ठित, अनुशासित र इमानदार बनाउन सकेमात्र भविष्य राम्रो हुने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारबाट जनतामा सकारात्मक प्रभाव छ । राजनीति कार्यकर्तामा त्यागको भावना आवश्यक छ । नेमकिपाका अग्रजहरूको त्याग र समर्पणको कारण पार्टी आजको अवस्थामा पुग्न सफल भएको हो ।”
भक्तपुरको परिचय र पहिचान नै पारदर्शी र आर्थिक अनुशासन भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले जनप्रतिनिधि र कर्मचारीले समयको परिपालनालाई जोड दिनुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
उहा“ले भन्नुभयो, “भनपाको विशेषता जनतालाई केन्द्रित गरी निःस्वार्थ, इमानदारीपूर्वक सेवा गर्नु हो । भक्तपुरको सन्तुलित विकासमा नेमकिपाका अग्रजहरूको महŒवपूर्ण योगदान छ ।”
देश र जनताको हितमा इमानदारीपूर्वक लाग्नेहरूविरुद्ध कुनै पनि बेला षड्यन्त्र हुनसक्ने प्रति सजग गराउ“दै उहा“ले कार्यकर्ताहरूले अन्याय र अत्याचारको विरोधमा जनताको साथ लिई अगाडि बढ्नु जरुरी छ भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भनपाले समाजवादी समाज स्थापनाको लागि आधारभूत जगहरू बनाउने काम गरिरहेको बताउनुभयो ।
अग्रज र नया“ पुस्ताबिच अनुभव आदानप्रदान कार्यक्रमलाई चालु राख्नुपर्ने आवश्यकता औ“ल्याउ“दै विगतका कमी कमजोरीलाई सच्याई अगाडि बढ्न सकेमात्र सफलतामा पुग्न सकिने बताउनुभयो ।
पूर्ववडाध्यक्ष कृष्णभक्त लवजुले भनपाका जनप्रतिनिधिहरूले पार्टीको नीति र निर्देशनअनुसार इमानदारीपूर्वक जनताको सेवा गरिरहेका छन् भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वडाको वार्षिक गतिविधिको समीक्षा गर्न कार्यक्रम गर्दै आएको चर्चा गर्दै जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले वडाको काम सहज ढ·ले अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा छोरीमैया सुजखु र रामेश्वरी किसीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.