लघु उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि उपयुक्त प्रविधि हस्तान्तरण
भक्तपुर । २०८२ असार २९
भक्तपुर नगरपालिकाले लघु उद्यमीहरुको व्यवसाय प्रवद्र्धनका लागि आज प्रविधि हस्तान्तरण ग¥यो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले अभिभावकत्व ग्रहण गरी नगरबासीहरुलाई आवश्यक सीपमूलक तालिमहरु सञ्चालन गर्दै आत्मनिर्भर बनाउने प्रयास गर्दै आएको बताउनुभयो ।
उहाँले श्रमको सम्मान र श्रमिकलाई माया गर्ने नीतिअनुरुप नपाले सबै पेशा व्यवसायलाई समान ढंगले साथ र सहयोग गर्दै आएको बताउँदै व्यवसायीहरुले आफ्नो कर्ममा ध्यान केन्द्रित भएर लाग्न सके सफलता हात पर्ने बताउनुभयो ।
विद्यालय शिक्षासँगै युवा, विद्यार्थी र महिलाहरुलाई हातमा सिप दिने उद्देश्यले नगरपालिकाले धेरै सीपमलक तालिम सञ्चालन गरिसकेका बताउँदै उहाँले सस्तोमा गुणस्तरीय सेवा प्रदान गरी स्वस्थ प्रतिस्पर्धामा उत्रन उद्यमी तथा व्यवसायीहरुलाई प्रेरित गर्नुभयो ।
असफलताबाट पाठ सिकेर अगाडि बढनुपर्ने बताउँदै उहाँले भक्तपर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४५ वर्षसम्मका बेरोजगार एवम् आर्थिक रुपले कमजोर तथा विपन्न युवाहरुलाई उद्यमशील बनाउन धितो जमानीमा सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन युवा उद्यमशीलता प्रवद्र्धन ऋण लागू गरिसकेको सोही क्रममा जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उद्यमशील बन्ने अठोट नै विकासको पहिलो खुड्किला हो भन्दै श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । छालाको जुत्ता बनाउन महिलाहरुले देखाएको सक्रिय सहभागिता प्रशंसा गर्न लायक भएको बताउँदै उहाँले भक्तपुर नपाले एक नागरिक एक सीपको अवधारणाले सीपमूलक तालिमहरु सञ्चालनलाई जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो भने प्रशिक्षार्थीद्वय रामकृष्ण सुवाल र नारायणदेवी दुवालले तालिमबारे आफ्नो अनुभव सुनाउनुभयो ।