Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको अनुगमन तथा निरीक्षण

भक्तपुर । २०८२ असार २७

0
जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको नेतृत्वमा आएको जिल्ला अदालतका प्रतिनिधिहरुबाट आज भक्तपुर नगरपालिका न्यायिक समितिबाट भए वा गरेका कार्यकोको अनुगमन तथा निरीक्षण गर्नुभयो ।
उक्त निरीक्षणका क्रममा जिल्ला न्यायधीश भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटघाट ग¥यो । भेटमा न्याय प्रणालीमा देखिएका समस्याहरु, न्यायिक समितिले सम्पादन गरेका कार्यहरुबारे छलफल भयो ।
निरीक्षणको क्रममा उपस्थित जिल्ला अदालतका प्रतिनिधिहरूले भक्तपुर नगरपालिका न्यायिक समितिबाट सम्पादन भएका उजुरी निवेदनका मिसिलहरु अध्ययन गरी आवश्यक राय र सुझाव दिएका थिए । भक्तपुर नगरपालिकाले न्यायिक क्षेत्रमा अदालतले गर्ने शैलीमै व्यवस्थित रुपमा तथ्यांक राख्ने गरेको प्रतिनिधिहरूले बताउनुभयो ।
संविधानले हरेक वर्ष न्यायिक समितिको अनुगमन र निरीक्षण गरी त्यसको प्रतिवेदन समेत तयार गरी सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी र संवैधानिक व्यवस्था गरेको छ ।

Leave A Reply

Your email address will not be published.