भक्तपुर नगरपालिकाको १८ औं नगर सभामा उपप्रमुख रजनी जोशीको मन्तव्य
देश र जनताको मुक्तिको लागि जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । भक्तपुर नगरका जनताको जीवन रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु हुने समाजका अग्रज व्यक्तित्वहरुप्रति सम्मान व्यक्त गर्दछु ।
भक्तपुर नगरपालिकालाई नेपालकै उत्कृष्ट तथा नमूना नगरपालिकाको रुपमा विकास गर्न महत्वपूर्ण मार्ग निर्देशन गर्नु हुने नेपाल मजदुर किसान पार्टीका श्रेद्धय अध्यक्ष श्री नारायणमान बिजुक्छेंज्यू र सम्पूर्ण कार्यकर्ताहरुप्रति हार्दिक आदर एवम् कृतज्ञता व्यक्त गर्दछु ।
आज हामी यस नगरपालिकाको बजेट सम्बन्धी नगर सभाको उद्घाटन समारोहमा उपस्थित भएका छौं । यो सभाले यस नगरपालिकाको आ.व. ०८२/०८३ को नीति तथा कार्यक्रम र सोको लागि आवश्यक बजेट व्यवस्था गर्ने छ । यसले नगरपालिकाको अल्पकालीन र दिर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न विशेष भूमिका खेल्नेछ ।
भक्तपुर नगरपालिकाले अग्रजहरुले तयार पारेको मार्गचित्र अनुसार कला, संस्कृति, सम्पदा संरक्षण गर्दै पर्यटन उद्योगको विकास गरी नगरको शिक्षा, स्वास्थ्य, सरसफाई, सामाजिक विकास लगायतका क्षेत्रमा कार्य गर्दै आएको हामी सबैमा विदितै छ । यस वर्ष हामीले भ.न.पा. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर पुरानै शैलीमा पुनः निर्माण सम्पन्न गरी उद्घाटन ग¥यौं । यसले टौमढी र गःहिटीको सा“स्कृतिक वैभवता मात्र बढाएको नभई हामी सबैमा लोप भइसकेका हाम्रा अमूल्य मठ, मन्दिर, पाटी, पौवा, सत्तल, देवालय, शिक्षालय, वहा, वही पुनः निर्माण गर्न सकिने मनोवल बढेको छ । यो पुनः निर्माण कार्यले विभिन्न समयमा विभिन्न कारणले लोप भएका सम्पदाहरु पुनः निर्माण गर्न हामी सबैमा उत्साह बढेको छ ।
सम्पूर्ण नगरवासीहरुको साथ र सहयोगमा यहा“का अमूर्त सा“स्कृतिक सम्पदाहरु नाच, गान, वाजा, सीप, कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन कार्यलाई पनि नियमित रुपमा अगाडि बढाइरहेका छौं ।
गाईजात्रा सा“स्कृतिक मूल्यांकन महोत्सव, सा“स्कृतिक बाजा प्रतियोगिता, सा“स्कृतिक गुरु सम्मान, भौतिक एवम् आर्थिक सहयोग यस कार्यको निरन्तरताका केही उदाहरणहरु हुन् । स्थानीय स्रोत, साधन र सीपमा आधारित मौलिक उत्पादनको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र बजारीकरणको लागि विभिन्न मेला, कार्यक्रम र योजनाहरु सञ्चालन गरिरहेको जानकारी गराउन चाहन्छु ।
शिक्षित र सवल युवा जनशक्तिलाई विदेशिने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशील ऋण, युवा उद्यमशिलता तालिम, शिपमूलक तालिम प्रदान गरिरहेका छों । साथै विभिन्न भाषा, गाईड, पाक शिक्षा जस्ता तालिमको व्यवस्था गरी पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पु¥याइरहेका छौं । यसले भक्तपुरको पर्यटन विकासमा विशेष सहयोग पुग्ने विश्वास लिएका छौं ।
यस नगरको गौरवको योजनाको रुपमा अरनिको सभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । अरनिको सभा भवनको निर्माण सम्पन्न भएपछि भक्तपुर सभा, सम्मेलन र गोष्ठीको लागि पनि गन्तव्य बन्ने विश्वास लिएका छौं ।
नगरको फोहर व्यवस्थापनमा चुनौतिहरु थपिने क्रममा रहेको छ । यसलाई व्यवस्थित गर्न विभिन्न उपायहरु अवलम्बन गरिरहेका छौं । नकुहिने फोहर अन्तिम विसर्जन चुनौती बनेको छ । यसलाई पुनः प्रयोग गर्न मिल्ने वस्तुहरु छुट्याई संकलन गर्न सकिए विसर्जन गर्नुपर्ने फोहरको परिमाण न्यून हुन सक्छ । यसमा आवश्यक जनचेतना अभिवृद्धि र आवश्यक कार्यक्रम तयार गरी कार्य गर्दै आएका छौं । कुहिने फोहरबाट उत्पादित प्राड्डारिक मल सहुलियत दरमा कृषकहरुलाई उपलब्ध गराई कृषकहरुलाई प्रवद्र्धन गरिरहेका छौं ।
कृषि तालिम, विउ विजन वितरण, कौशी खेती तालिम लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरी कृषि उत्पादन वृद्धि गर्न आवश्यक सहयोग गर्दै आएका छौं ।
हस्तकला, घरेलु तथा साना उद्योगको विकास गरी नगर र नगरवासीहरुको आर्थिक विकिास गर्ने उद्देश्यसाथ विभिन्न सरोकारवाला संघ संस्थाहरुस“ग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।
खानेपानी, ढल निकास, हनुमन्ते र खासाड्ड खुसुड्ड खोला सुधार र व्यवस्थापन भक्तपुरको चुनौतिको रुपमा रहेका छन् । यसको समाधान र व्यवस्थापनको लागि सरोकारवाला संघ संस्थाहरुस“ग सहकार्य र समन्वय गरी पहल भइरहेको छ ।
नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई गुणस्तरीय र झन्झटरहित बनाउन नया“ प्रविधि प्रयोग गरी अनलाईन सेवा प्रवाहको लागि तयारी भइरहेको जानकारी गराउन चाहन्छु ।
अन्तमा कार्यव्यस्तताको बाबजुद हाम्रो नियन्त्रणलाई स्वीकार गरी आजको १८ औं नगर सभामा उपस्थित हुनु भएका प्रमुख अतिथि, अतिथि गणहरु लगायत सम्पूर्ण महानुभावहरुलाई कृतज्ञता व्यक्त गर्दै पुनः एक पटक अभिवादनसहित बिदा हुन्छु । धन्यवाद ।