Explore news and happenings at Bhaktapur

शान नानका प्रमुख शान्झु सिरेनसंग भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको भेट

शान नान, तिब्बत, असार ११ गते ।

0
जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) को शान नान नगरपालिकाका प्रमुख शान्झु सिरेनसंग भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको टोलीले असार ११ गते (जुन २५, २०२५) शान नान नगरस्थित एक कार्यालयमा भेटवार्ता ग¥यो । नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगा“ठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको बैठकमा सहभागी हुने क्रममा वडाध्यक्ष रविन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईको टोलीले नगर प्रमुखसंग भेट गरेको थियो ।
भेटको क्रममा शान नान नगर प्रमुख शान्झु सिरेनले भगिनी नगर भक्तपुरका प्रतिनिधिहरुलाई आप्mनो नगरमा स्वागत गर्न पाउ“दा खुशी लागेको बताउनुभयो । उहा“ले एउटा छिमेकीले सदैव अर्को छिमेकीको भलो चाहने स्पष्ट पार्दै दुई पालिकाबीचको आर्थिक, सामाजिक, सा“स्कृतिक, पर्यटन र व्यापारिक सम्बन्ध थप सुमधुर पार्न आपसी भ्रमणले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहा“ले शान नान नगरपालिकाको परिचय दि“दै ल्हासाको दक्षिण पूर्वमा अवस्थित यस नगरको क्षेत्रफल ७९ हजार ३०० वर्ग किमी र जनसंख्या ३ लाख ७५ हजार ३०० रहेको बताउनुभयो । तिब्बती संस्कृति र सभ्यताको उद्गमस्थल मानिने शान नान नगर एउटा जिल्ला र ११ वटा काउन्टीमा विभाजित गरिएको उहा“को भनाइ थियो ।
प्रमुख शान्झु सिरेनले तिब्बती नागरिकलाई १२ वर्षे शिक्षा र आधारभूत स्वास्थ्य उपचार सेवा सरकारले निःशुल्क प्रदान गरिरहेको चर्चा गर्दै नया“ पुस्तालाई चिनिया“ क्रान्तिको इतिहास एवम् कम्युनिष्ट आदर्श र चरित्रबारे प्रशिक्षित गरिरहेको बताउनुभयो । युवा पुस्ता १८ वर्ष पुगेपछि चिनिया कम्युनिष्ट पार्टीको सदस्य बनी देश र समाजको सेवा गर्न लालायित हुने गरेको उहा“को भनाइ थियो ।
शान नानका उप मेयरको टोलीले केही समयअघि भक्तपुर नगरपालिकाको औपचारिक भ्रमण गरेको स्मरण गर्दै भक्तपुर नगरपालिकाका मेयरको नेतृत्वमा एउटा टोलीलाई यही सेप्टेम्बर, अक्टोबरमा हुने यार्लुङ सा“स्कृतिक तथा पर्यटन महोत्सवमा सहभागी बन्न निमन्त्रणा गर्नुभयो ।
छलफलमा भक्तपुर नगरपालिकाका रविन्द्र ज्याख्वले दुई देशबीचको भाइचारा सम्बन्ध इतिहासजतिकै पुरानो र सुमधुर रहेको उल्लेख गर्दै नेपालमा २०७२ को विनाशकारी भूकम्प र कोभिड १९ महामारीको समयमा चिनिया सरकार र शान नान नगरले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहा“ले प्राकृतिक संरक्षणलाई विशेष प्राथमिकता दिएर चीन सरकारले गरेको आधुनिक विकास, हरियाली प्रवद्र्धन, राजमार्ग र सुरुङमार्गको विस्तार, शहरी विद्युतीकरण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानीबाट प्रभावित भएको बताउनुभयो ।
वडाध्यक्ष ज्याख्वले भक्तपुर नगरपालिकाले भक्तपुरवासी जनताको सेवाका लागि शिशु स्याहार केन्द्रदेखि कलेजहरु संचालन गरेको र ख्वप अस्पतालमार्फत विरामीको उपचार गरिरहेकोबारे जानकारी दिनुभयो । उहा“ले भक्तपुर नगरपालिकाका मेयरज्यूको तर्फबाट शान नानका मेयरज्यूलाई भक्तपुर भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।
भेटमा भक्तपुर नगरपालिकाको तर्फबाट काष्ठकला, हस्तकला र नगरपालिकाका प्रकाशनहरु उपहार दिइएको थियो भने शान नान नगरपालिकाको तर्फबाट पनि नक्सा अंकित कपडा र उपहार प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.