Explore news and happenings at Bhaktapur

सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने

२०८१ चैत्र २८ गते बिहीबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी सम्पत्ति भन्दा सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षणमा सबैले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यार्थी निकेतन माध्यमिक विद्यालयद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रममा बोल्दै उहाँले उक्त विद्यालय विश्व सम्पदा सूचीमा सुचिकृत दरबार क्षेत्रमा रहेको हुँदा त्यहाँ उत्खनन गर्दा दरबारका अवशेषहरु भेटिन सक्ने भएकोले जथाभावी सिमेन्टको संरचना निर्माण गर्नेबारे विद्यालय परिवार संवेदनशील हुनुपर्छ भन्नुभयो ।
उहाँले विद्यालय भनेको भौतिक संरचामात्र नभई त्यहाँ कार्यरत जनशक्ति हो भन्दै विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु योग्य भएमा राम्रा विद्यार्थीहरु उत्पादन हुने बताउनु भयो ।
राम्रो संस्थालाई राम्रो बनाउनु महात्वपूर्ण नभएको बताउँदै उहाँले विग्रेको र कमजोर क्षेत्रलाई राम्रो बनाउनु नेतृत्वको सफलता मानिन्छ भन्नुभयो । उहाँले जोड दिनु भयो – “भक्तपुर शैक्षिक क्षेत्रमा देशकै राम्रो मध्येमा पर्न थालेको छ । यो हामी सबैको खुशीको कुरा हो । यहाँ शिक्षकहरुको मिहेनतको परिणाम हो ।”
३–४ दशक अघि शिक्षामा अत्यन्त पछाडि परेको भक्तपुर महिले देशकै अग्रपंक्तिमा आउनु भनेको शैक्षिक क्रान्ति भएो बताउँदै उहाँले यसमा अग्रजहरुको भूमिका महŒवपूर्ण छ भन्नुभयो ।
कार्यक्रममा प्रा.डा. सर्वज्ञभक्त मल्लले आफू त्रिभुवन विश्वविद्यालयको डीन भएको बखत विद्यार्थी निकेतनमा विद्यार्थी सून्य जस्ता समाचार सुनेर चिन्तित भइ त्यसको प्रगतिको लागि केही सहयोग गरेको बताउँदै अहिलेको प्रगति देखेर आफू प्रभावित भएको बताउनु भयो भने पूर्व प्र.अ. सर्जनी जोशी र प्रा.डा. सिद्धिबीर कर्माचार्यले पनि विद्यालयको प्रगतिको निम्ति शुभकामना व्यक्त गर्नुभएको थियो ।
भन.पा. वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजेक्छेंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.