व्यवसायिक प्रतिभालाई प्रबर्द्धन गर्ने उद्देश्यका ‘दोस्रो ख्वप हाटबजार’ बुधबार सम्पन्न
भक्तपुर, २७ चैत ।
ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरूमा रहेको व्यवसायिक प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यका ‘दोस्रो ख्वप हाटबजार’ कार्यक्रम बुधबार सम्पन्न भयो
ख्वप मा.वि.÷कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुलिन प्रजापतिले कार्यक्रम उद्घाटन गर्दै कृषि सामग्री बिक्री वितरणका साथै घरेलु तथा स–साना व्यवसायिक प्रवद्र्धन गर्न हाटबजारले महŒवपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
ठुल्ठुला डिपार्मेन्टल स्टोरजस्ता व्यवसायीहरूले गर्दा हाटबजार लोप हुँदै जाँदा देशको पुँजी सीमित व्यक्तिको हातमा पर्न गएको धारणा व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरूमा रहेको उद्यमशीलतालाई प्रवद्र्धन गर्न र आत्मनिर्भर बनाउन कलेज÷विद्यालयले रचनात्मक साथै यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
वैदेशिक रोजगारीमा नाममा गाउँ गाउँ खाली हुने गरी विदेश जाने क्रम बढिरहेको स्थितिलाई रोक्न, दक्ष जनशक्ति तयार गरी आत्मनिर्भर बनाउन भक्तपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको र तालिम लिएकाहरूलाई भनपाले सुलभ ब्याज दरमा व्यवसायिक ऋण उपलब्ध गराइरहेको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
हाटबजार सञ्चालन गर्दा स्थानीय र मौलिक सीप प्रवद्र्धनलाई प्रोत्साहन गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।
कार्यक्रम संयोजक एवं ख्वप इन्क्युवेसन ल्यावका संयोजक उपप्राध्यापक अञ्जु ग्वाछाले किताबमा सीमित ज्ञानलाई व्यवहारिकता दिन र विद्यार्थीलाई उद्यमशील बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक सुनिता गाइसीले उद्घोषण गर्नुभएको थियो ।
हाटबजारमा हस्तकला, खाद्य परिकार, घरेलु उत्पादन, खाद्य सामग्री, साबुन, श्रृंगाररलगायतका स्टलहरू राखिएका थिए ।
स्टल राख्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न कलेज÷विद्यालयमा कार्यरत शिक्षकहरूलाई कम्तिमा पनि रु. ५००। सामान किन अनुरोध गरिएको कलेज/विद्यालय प्रशासनले जनाएको छ ।



