Explore news and happenings at Bhaktapur

विद्यालय शिक्षा पाठ्यक्रमबारे अन्तर्क्रिया सम्पन्न

भक्तपुर, १ चैत ।

0
भक्तपुर नगरपालिका नगर शिक्षा शाखा, विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको आयोजनामा नगरपालिका सभाकक्षमा ‘विद्यालय शिक्षा पाठ्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नेपाली पाठ्यक्रमबाट प्रशिक्षित विद्यार्थीहरू किन, कसरी विदेशमुखी भए भन्नेबारे सोच्नुपर्ने बेला भएको छ भन्दै पढ्नकै लागि ठुलो सङ्ख्यामा नेपाली युवा–विद्यार्थी बिदेसिनु हाम्रो लागि चिन्ताको विषय हो भन्नुभयो ।
कृषिप्रधान देशमा कृषिजन्य वस्तुमात्र पनि वर्षको खर्बौ“को आयात गर्नुपर्ने भनेको देशकै लागि दुर्भाग्य हो भन्दै उहा“ले हामीले उत्पादन गर्ने मिहिनेती विद्यार्थी विदेशीको सेवामा दास नहोस् भनेर सरोकारवाला हामी सबैले चिन्तन गर्नुपर्ने बेला भएको छ भन्नुभयो ।
उच्च शिक्षामा विद्यार्थीहरू पाठ्यक्रम पुरानो भएको एकातिर गुनासो गर्छन् भने विद्यार्थीको चाहनाअनुरूपको विषय पढाउन खोज्दा विश्वविद्यालयले सम्बन्धन नै नदिनाले पनि नेपाली विद्यार्थीहरू बिदेसिन बाध्य भएको चर्चा गर्दै उहा“ले देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्न युग अनुकूल पाठ्यक्रम सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
उहा“ले भन्नुभयो, “एआईले शिक्षकहरूमाथि चुनौती थपिएको छ । शिक्षकहरू त्यही अनुसार सक्षम हुनुपर्छ । हामीबाट उत्पादित विद्यार्थी हाम्रै देशको निम्ति होस्,† देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने प्रयास गरौ“ । हाम्रो पाठ्यक्रम व्यावहारिक होस्, हामीले भक्तपुर नगरपालिकाका विद्यालयहरूमा यसलाई ध्यानमा राखी स्थानीय पाठ्यक्रम लागु गरेका छौ“ ।”
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका महानिर्देशक इमनारायण श्रेष्ठले आगामी नया“ शैक्षिक सत्रदेखि विद्यार्थीको घरायसी कार्यलाई समेत विद्यार्थी मूल्याड्ढनको आधार बनाउन लागेको हु“दा सरोकारवालाहरूस“ग विचार विमर्श गरिरहेको बताउनुभयो ।
‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६’ मा ४८ वटा गुणले युक्त विद्यार्थी उत्पादन गर्ने उद्देश्य भए पनि सोसम्बन्धी देशव्यापी रुपमा आवश्यक प्रबोधीकरण नहु“दा उद्देश्य पूरा नभएको स्वीकार्दै उहा“ले भन्नुभयो, “पाठ्यक्रम प्रारूपमा तय भएका उद्देश्य पूरा गर्ने देशमा आवश्यक मेकानिज्म नै छैन । अहिले त्यसैलाई सम्बोधन गर्नु खोजिएको छ ।”
उद्देश्यमा ‘श्रमप्रति सम्मान गर्ने जनशक्ति उत्पादन गर्ने’ भनिए पनि पाठ्यक्रममा श्रम गर्ने संस्कारयुक्त मेकानिज्मको अभाव देखिएको हु“दा अब अभिभावकको पेशा व्यवसायको श्रममा छोराछोरीले पु¥याएको योगदानको आधारमा पनि विद्यार्थीको मूल्याड्ढन गरिने उहा“ले प्रस्ट पार्नुभयो ।
त्यस्तै ‘तार्किक सोचको विकास गर्ने’ त भनिएको छ तर कसरी गर्ने भन्ने नभएकाले अब पाठ्यपुस्तकभन्दा बाहिरबाट पनि प्रश्न सोधिने र त्यसमा विद्यार्थीले आ–आफ्नै ढ·ले तार्किक उत्तर दिन सकिने पनि उहा“ले उदाहरणसहित बताउनुभयो ।
उहा“ले आधारभूत तहको शिक्षा अनिवार्य मात्र होइन, सीपसहितको अनिवार्य गर्न खोजिएको भन्दै विनासिप जसरी भए पनि गे्रड बढाउने प्रयास विद्यार्थीमाथि अन्याय हो, उहा“ले भन्नुभयो ।
वडा नं. ५ का वडाध्यक्ष एवम् अनुगमन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छे“को सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सदस्यद्वय ज्ञानसागर प्रजापति र रोशनराज तुइतुईले पनि बोल्नुभएको थियो । कार्यक्रममा सहभागी शिक्षकहरूले पाठ्यक्रममा देखिएका विभिन्न व्यवहारिक समस्याबारे जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक÷प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.