Explore news and happenings at Bhaktapur

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम

भक्तपुर, २८ फागुन ।

0
११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भनपा वडा नं. ३ को आयोजनामा बुधबार एक कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा निजी सम्पत्तिको विकास भएसँगै भेदभाव सुरू भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “महिला समस्या लैंङ्गिकभन्दा पनि वर्गीय हो । धनी र गरिबवर्ग भएसम्म समाजमा भेदभावको अन्त्य हुनेछैन ।”
महिलालाई शिक्षा र रोजगारीको व्यवस्था गर्न सके समाज अगाडि बढ्ने धारणा उहा“ले व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सामन्तवादी र पुँजीवादी राज्य व्यवस्थामा महिलालाई निजी सम्पत्तिकै व्यवहार गरिन्छ† महिला बेचबिखन, यौन व्यापारमा लगाइन्छ । त्यो पैसाकै लागि गरिन्छ । पुँजीवादी व्यवस्था व्यापक जनताको लागि ‘नर्क’ सरहको व्यवस्था हो ।”
समाजका सबै नागरिक असल भए समाज सभ्य र सुसंस्कृत बने र त्यस्तो समाज निर्माण गर्न नेपाल मजदुर किसान पार्टी लागिपरेको उहाँले बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महिलाहरू धेरै बेरोजगार हुनुमा वर्तमान पु“जीवादी व्यवस्थाको दोष भएको र यो व्यवस्थाको अन्त्य नभएसम्म महिलाको दुःख अन्त्य नहुने धारणा राख्नुभयो ।
उहा“ले भन्नुभयो, महिलाहरू घरको चुलो चौकामा मात्र सीमित रहनुहुन्न । राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला आन्दोलनको इतिहास अध्ययन गरी समाज परिवर्तनमा योगदान गर्न सक्ने क्षमता विकास गर्नु जरूरी छ ।”
कार्यक्रममा कृष्णगोपाल चगुठी र सुनिता अवालले महिला मुक्तिको निम्ति सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.