Explore news and happenings at Bhaktapur

अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता प्रचारार्थ भेटघाट

0
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २५  गतेसम्म अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता गर्दैछ । सोही क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडाध्यक्ष उपेन्द्र सुवाल, कार्यपालिका सदस्य रञ्जना त्वातीलगायतले काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य र किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यसँग भेटी अन्तरनगर जिम्नाष्टिक प्रतियोगितामा महानगरपालिका र नगरपालिकाको तर्फबाट सहभागिताको लागि अनुरोध गर्नुभयो ।(२०८१ फागुन २६)

Leave A Reply

Your email address will not be published.