Explore news and happenings at Bhaktapur

तेक्वाण्डो प्रतियोगिताको नतिजा

२०८१ फागुन ६ गते ।

0
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आज भएको तेक्वाण्डोे खेलमा ४२ केजी महिलामा बागीश्वरीका जिया लाखाजु प्रथम, सैनिक आवासीय महाविद्यालयका नोभा राइ द्वितीय भएका थिए ।
त्यस्तै महिला ४९ केजीमा सैनिक स्कूलका आकृति मगर प्रथम भएका थिए ।
त्यस्तै महिला ५२ केजीमा सैनिक स्कूलका पुनम लामा प्रथम भएका थिए ।
तेक्वाण्डोको पुम्सेतर्फ सैनिक स्कूलका सेलिना तामाङ प्रथम, अक्सफोर्ड स्कूलका रोजिना तामाङ द्वितीय, प्रोक्सिमा स्कूलका कृतिका द्योला र ग्लिटर फ्युचरका अमृता तामाङ तृतीय भएका थिए ।
पुरुष पुम्सेतर्फ सैनिक स्कूलका लोभ्सन थापा प्रथम, बागीश्वरीका सबल श्रेष्ठ द्वितीय, बालविकासका जेनिस राजबाहक तृतीय र ग्लोबल लाइफ स्कूलका नविन सुवेदी तृतीय भएका थिए ।
तेक्वान्डो ४८ केजीतर्फ शारदा माविका पासाङ तामाङ प्रथम, श्री पद्म स्कूलका सुरज पण्डित द्वितीय भएका थिए ।
तेक्वाण्डो ५१ केजीतर्फ शारदा माविका निमा रुम्बा प्रथम, लनर्स असिम मोक्तान द्वितीय भएका थिए ।
त्यस्तै ५५ केजीतर्फ सैनिक स्कूलका लवाङ लामा प्रथम, बागीश्वरीका आयुष दोङ द्वितीय भएका थिए ।
४५ केजीतर्फ बागीश्वरीका विराज बि.क. प्रथम, सैनिक स्कूलका अर्पण चन्द द्वितीय भएका थिए ।

Leave A Reply

Your email address will not be published.