Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

२०८१ फागुन १, बिहीबार

0
भक्तपुर नगरपालिकाले आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सबैभन्दा पहिलो आज राष्ट्रिय परिचय पत्र प्रदान गरेर परिचयपत्र वितरणको शुभारम्भ भयो ।
राष्ट्रिय परिचयपत्र लिन आउँदा सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पेज) अथवा मोबाइलमा आएको एस.एम.एस. का साथै आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्नेछ । ज्येष्ठ नागरिकको हकमा माथि उल्लिखित कागजातका साथै निजको संरक्षक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र भक्तपुर नपा वडा नं. २ स्थित भक्तपुर नपा कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण कक्षबाट सार्वजनिक बिदामा बाहेक कार्यालय समयभित्र नियमित रुपमा वितरण गरिनेछ ।

Leave A Reply

Your email address will not be published.