Explore news and happenings at Bhaktapur

भनपाका उपप्रमुख रजनी जोशी र जनप्रतिनिधिहरुद्वारा भक्तपुर नगरभित्र सञ्चालनमा रहेका कक्षा ६ देखि १० सम्म अध्ययन अध्यापन हुने विद्यालयहरुमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ज्एख् खोप केन्द्रहरुको निरीक्षण

२०८१ माघ २३ गते मंगलबार ।

0
भनपाका उपप्रमुख रजनी जोशीद्वारा भक्तपुर नगरभित्र सञ्चालनमा रहेका कक्षा ६–१० सम्म अध्ययन अध्यापन हुने विद्यालयहरुमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानअन्तर्गत भनपा वडा नं. २ अन्तर्गतका विद्यालयहरुमा खोप सञ्चालन केन्द्रहरुमा आज अनुगमन गर्नुभयो ।
अनुगमनका क्रममा भनपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासीवाले यस एचपीभी खोप अभियानमा भनपाभित्र कक्षा ६–१० मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका ६८०० जना किशोरीहरुलाई लक्षित गरी एचपीभी खोप २०८१ माघ २२ गतेदेखि फागुन २ गतेसम्म सम्पूर्ण वडाअन्तर्गतका विद्यालयहरुमा लगाइने जानकारी दिनुभयो । शारदा मावि का प्रधानाध्यापक रोशनराज तुईतुईले भक्तपुर नगरपालिकाले विद्यालयमा नै खोप केन्द्र राखेर खोप सञ्चालन कार्यमा सहज वातावरण बनाई दिनु भएकोमा खुशी व्यक्त गर्नुभयो । बासु माविका एक जना शिक्षकले पहिला खोप दिलाउन अन्य केन्द्रमा विद्यार्थीहरु लग्नुपर्ने समस्या रहेको र विद्यार्थीहरु खोपदेखि डराउने समस्या हुन्थ्यो तर अहिले विद्यार्थीहरुमा खोप लिनुपर्छ भन्ने धारणा विकास हुनु धेरै सकारात्मक भएको बताउनुभयो ।
अनुगमन टोलीमा डब्लूएचओका प्रतिनिधि, कार्यपालिका सदस्यहरु रोशनमैया सुवाल र कृष्णप्यारी भुजू तथा वडासदस्यहरु मञ्जुमैंया लाखाजु र न्हुछेराम कोजुसमेतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.