Explore news and happenings at Bhaktapur

पर्सामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

पर्सा । २०८१ माघ १३, आइतबार

0
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिले नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा पर्साको पोखरियामा पार्टी कार्यकर्ता भेटघाट तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले भक्तपुरमा मात्र नभई नेमकिपाबाट जितेका जिल्लाहरुमा पनि भक्तपुरमा जस्तै उदाहरणीय कार्यहरु गर्दै आएको बताउनुभयो ।
कामदार वर्गलाई शासन सत्तामा पुर्याउने उद्देश्यले पार्टीको स्थापना भएको बताउँदै केन्द्रीय सदस्य प्रजापतिले नेपाल मजदुर किसान पार्टी नेपालको एक मात्र कम्युनिष्ट पार्टी भएको बताउनुभयो ।
भक्तपुर नपाले जनतालाई स्थानीय सरकारको अनुभति हुने गरी शिक्षामा शिशुशालादेखि सात वटा कलेज सञ्चालन, स्वास्थ्यमा घरदैलो नर्सिङदेखि १०० शैय्याको अस्पताल सञ्चालन, देशकै सफा र स्वच्छ नगरको रुपमा विकास, सम्पदा संरक्षण, विकास निर्माणमा जनसहभागिता र सीपमूलक तालिमहरु संचालन गरी जनमुखी कार्यमा जोड दिँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
नेपालको तराई कृषि क्षेत्र विकासमा प्रचुर सम्भावना भएको ठाउँ भएर पनि यहाँका किसान आर्थिक रुपले पछाडि पर्नुमा सरकार नै दोषी भएको बताउँदै उहाँले सरकारले काठमाडौं केन्द्रित विकासमा ध्यान दिँदा देशको सन्तुलित विकास हुन नसकेको बताउनुभयो ।
कम्युनिष्टहरु देशभक्त र अन्तर्राष्ट्रियवादी हुने बताउँदै उहाँले नेमकिपाले संसददेखि सडकसम्म देशघातीहरुको विरोध गर्दै आएको बताउनुभयो ।
नेता इमानदार भए जनताका पनि इमानदार हुने बताउँदै उहाँले जनताले विना लोभ लालच इमानदार नेतालाई निर्वाचनमा मतदान गरेको भए असल राजनीतिकर्मीहरुले देशमा शासन गर्ने थिए भन्नुभयो ।
नेमकिपा पर्साका अध्यक्ष सरोजकुमार साहले नेपाल मजदुर किसान पार्टीले गरिब किसान र मजदुरलाई जिल्ला जिल्लामा राजनीतिक रुपमा संगठित गर्ने काम गर्दै आएको बताउँदै निःस्वार्थ जनताको सेवा गर्नु नै पार्टीको मुख्य उद्देश्य भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.