Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले यस वर्ष अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता गर्ने

भक्तपुर । २०८१ माघ ९

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रतिनिधिसभाका सांसद एवम् नेपाल जिम्नाष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबीच बुधबार भेट भयो । भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिकाको आयोजनामा चैत्रको अन्तिम सातामा सञ्चालन हुने अन्तर नगर जिम्नाष्टिक प्रतियोगिताबारे आवश्यक तयारी र समन्वयबारे छलफल भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले अध्यक्ष प्रधानलाई भक्तपुर नपामा स्वागत गर्दै भक्तपुर नपाको सत्रौं नगरसभाले यस वर्ष अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको बताउनुभयो ।
भक्तपुर नपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडाहरुमा छिकोङ शारीरिक व्यायाम सञ्चालन गर्नुका साथै विभिन्न खेलहरुको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल जिम्नाष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिताको आयोजना गर्ने घोषणाको लागि नेपाल जिम्नाष्टिक संघको तर्फबाट धन्यवाद दिँदै प्रतियोगिता सञ्चालनको लागि नेपाल जिम्नाष्टिक संघले आवश्यक प्राविधिकलगायत आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशका विभिन्न पालिकाहरुलाई सहभागिताको लागि आवश्यक समन्वय गरी दिने समेत वचन दिनुभयो ।
भेटमा नेपाल जिम्नाष्टिक संघका प्रतिनिधि तथा भक्तपुर नपा खेलकुद समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.