Explore news and happenings at Bhaktapur

ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वपक कलेज अफ ल र शारदा क्याम्पस माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर, २७ पुस ।

0
ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल र शारदा क्याम्पस माध्यमिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले संसारमा सबभन्दा बढी छापिने किताबहरूमा बाइबल, अमेरिकी स्वतन्त्रता आन्दोलन र रूसी अक्टोबर क्रान्तिको विषय रहेको जानकारी दिनुभयो ।
बिनाप्रमाण र अनुमानको आधारमा बोल्न नहुने सुझाव दि“दै उहा“ले भन्नुभयो, “अध्ययन दक्षता हासिल गर्ने उद्देश्यका साथ हुनुपर्छ । मलाई यस्तो लाग्छ होइन यस्तो नै हो भन्नेर प्रमाणका साथ बोल्नुपर्छ ।”
“विद्यार्थीहरूलाई नया“ विषय र नया“ नया“ विषय वस्तुबारे जानकारी दिन नसके शिक्षकको योग्यतामा नै प्रश्न चिह्‌न उठ्ने भएकोले शिक्षकहरू अध्ययनशील हुनुपर्छ, शिक्षकहरूले राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने जरूरी छ”, अध्यक्ष बिजुक्छे“ले सुझाव दिनुभयो ।
उहा“ले देशमा हुने क्रान्ति र विद्रोहको खतरालाई पार लगाउन विभिन्न प्रलोभन दिई युवाहरूलाई विदेश पठाइरहेको छ भन्नुभयो ।
आलोचना र आत्मालोचनाको बानी बसाल्नुपर्ने आवश्यकता औ“ल्याउ“दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “आलोचना गर्नेस“ग गहन अध्ययन हुनु जरूरी छ । आलोचनालाई कमजोरी औ“ल्याएको सम्झनु हुन्न† सचिने मौका दिएको सम्झनुपर्छ ।”
पैसालाई बढी महŒव दिएकै कारण दुर्गुणहरू निम्तिएको धारणा राख्दै उहा“ले पु“जीपतिहरू पैसाको निम्ति जे कुकर्म गर्न पनि तयार हुन्छ भन्नुभयो ।
योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त भए धेरै हदमा भ्रष्टाचार न्यून हुने धारणा अध्यक्ष बिजुक्छे“ले राख्नुभयो ।
उहा“ले भन्नुभयो, “साम्यवादी समाजमा मात्र पु“जीवादका सम्पूर्ण दुर्गुण निमिट्यान्न हुनेछ । समाजवाद भनेको साम्यवादमा पुग्ने सङ्क्रमणकालीन अवस्था हो । समाजवादी व्यवस्थामा भ्रष्टाचारलगायत पु“जीवादका दुर्गुणहरू बा“की रहने गर्छ – जसरी भर्खर जन्मेको बच्चाको शरीरमा रगतको टाटा हुन्छ ।”
नया“ पुस्तालाई विद्यार्थी कालदेखि नै असल संस्कार, व्यवहार र देशभक्तिको भावना दिन सक्यौ“ भने देशको प्रगति हुनेछ, अध्यक्ष बिजुक्छे“ले बताउनुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय/कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई महŒव दिनुका साथै नमुना नगर बनाउने उद्देश्यले काम गरिरहेको चर्चा गर्दै आजको भक्तपुर बन्नुमा कैयौ“ अदृश्य सहयोगीहरूको हात रहेको छ भन्नुभयो ।
ख्वप सर्कलका शैक्षिक संस्थाहरू स्थानीय निकायबाट सञ्चालित नेपालको पहिलो मावि भएको, ख्वप माविकै जगमा सञ्चालित ख्वप सर्कलका सात वटा कलेजहरूमा ७७ जिल्लाका सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र नेपाल मजदुर किसान पार्टीको दूरदर्शी नेतृत्वको कारण यी शैक्षिक संस्थानहरू सफलतापूर्वक सञ्चालन भइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
विद्यार्थीको रोजाइअनुसारको विषय पढ्न नपाउनु, विश्वविद्यालयका कोर्सहरू पुरानो हुनु, योग्यताअनुसार काम नपाउनु, बन्द–हडताल बारम्बार भइरहनु, परीक्षाको नतिजा समयमा प्रकाशित नहुनु र परीक्षामा अनियमितता हुनुजस्ता कारण देशको विश्ववद्यालयप्रति विद्यार्थीहरूको रूचि घट्न गई उच्च शिक्षा अध्ययनको नाममा नेपाली युवाहरू विदेसिने क्रम बढिरहेको हो, उहा“ले स्पष्ट पार्नुभयो ।
विद्यार्थी अभावका कारण यो वर्षमात्र ५०४ वटा कलेज बन्द हुने स्थितिमा पुगेको र महिनाको ९ हजार जनाको हाराहारीमा युवाहरू विदेश गइरहेको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
प्रतिभाशाली विद्यार्थी देशमा नबसेपछि र प्रतिभाशाली विद्यार्थीबिना देशको भविष्य कसरी उज्यालो हुन्छ भन्ने प्रश्न गर्दै उहा“ले भन्नुभयो, “सधै“ यस्तो परिस्थिति रहनेछैन, युवाहरूमा धैर्य आवश्यक छ, परिवर्तनको लागि हामी निरन्तररूपमा लाग्नुपर्छ ।”
देशको आवश्यकताअनुसार पाठ्यक्रम तयार गरी स–साना विश्वविद्यालय सञ्चालन गर्नु अहिलेको आवश्यकता हो भन्दै प्रमुख प्रजापतिले उत्पादनमूलक र अनुसन्धानकेन्द्रित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
भनपाद्वारा सञ्चालन हुने ख्वप विश्वविद्यालयले दिने शिक्षा अनुसन्धानमूलक हुने स्पष्ट पार्दै उहा“ले भन्नुभयो, “भनपाले शिक्षा र स्वास्थ्यमा गरेको प्रगति देशभरिका स्थानीय तहको लागि उदाहरण बनेजस्तै ख्वप विश्वविद्यालयले दिने शिक्षाले विश्वको ध्यान आकृष्ट गर्नेमा हामी विश्वस्त छौ“ । निराश हुनुपर्ने कारण छैन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका कलेजहरूप्रति विदेशी प्रतिनिधिहरूले समेत तारिफ गर्ने गरेको, जुन हाम्रो लागि ऊर्जा भएको र यस्तो ऊर्जालाई पु“जीकृत गरी अगाडि बढ्दै जानुपर्ने बताउनुभयो ।
नेपालको राजनीतिलाई नेमकिपाले दिशानिर्देश दिइरहेको धारणा राख्दै उहा“ले भन्नुभयो, “वैचारिक रूपमा नेमकिपाजस्तो स्पष्ट नेपालमा छैन । नेमकिपाको उद्देश्य स्पष्ट छ, पार्टीले लिएको सिद्धान्तअनुसार नेमकिपाले कार्य गर्दै आएको छ ।”
शासक पार्टीहरूमा सामन्तवादको प्रवृत्ति अहिले पनि बा“की रहेको चर्चा गर्दै उहा“ले सामन्ती प्रवृत्तिको हरेक हिसाबले विरोध गर्दै जानुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले ख्वप सर्कलका शैक्षिक संस्थानहरू बौद्धिक विकासको केन्द्र र शैक्षिक चिन्तनको चौतारी बनिरहेको धारणा व्यक्त गर्नुभयो ।
संरा अमेरिकी प्रभुत्व र हैकमवादकै कारण संसारमा युद्ध भड्किरहेको स्पष्ट पार्दै उहा“ले भन्नुभयो, “रूसविरूद्ध युक्रेनलाई उचालेर युरोपको व्यापार कब्जा गर्ने दाउ संरा अमेरिकाको रहेको छ ।”
विश्वको अर्थतन्त्र बहुध्रुवीकरण हु“दै जानु विकासशील र तेस्रो विश्वको लागि आशाको अवस्था रहेको धारणा व्यक्त गर्दै उहा“ले विश्व शक्तिलाई सन्तुलनमा ल्याउन ॅग्लोबल साउथ’ र ॅब्रिक्स’ आवश्यकता छ भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मोडेलका कलेजहरू देशभरि विस्तार हुन सके सर्वसाधारण जनताले सहजरूपमा उच्च शिक्षाको अवसर पाउने बताउनुभयो ।
ख्वप सर्कलका कलेजहरूको विशेषता भनेकै भ्रष्टाचारशून्य र पारदर्शिता भएको स्पष्ट पार्दै उहा“ले गुणस्तर वृद्धिको लागि सामूहिक प्रयासका साथ ख्वप कलेजहरू लागिपरेको बताउनुभयो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रममा बीए तथा एमए इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति र अक्टोबर समाजवादी क्रान्तिबारे शिक्षकद्वय केशव तमखु र राजु लासिवाले प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.