Explore news and happenings at Bhaktapur

सहकारी संस्था सदस्यहरूको भरपर्दो सहयोगी हुनुपर्ने

भक्तपुर, १३ पुस ।

0
भाषासेवी मास्टर जगतसुन्दर मल्ल बचत तथा ऋण सहकारी संस्थाको १६ औ“ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्था सदस्यहरूको भरपर्दो सहयोगी हुनुपर्ने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “चीनमा सहकारी सुरू हु“दा २०–२५ घर परिवारको सहकारी सदस्य हुने र त्यो सहकारीले सदस्यहरूको आवश्यकता पूरा गर्ने गथ्र्यो ।”
उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम गर्ने र वितरण व्यवस्थामा समाजवादी सिद्धान्त लागु गर्ने उद्देश्य सहकारीको हुनुपर्ने उहा“ले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सहकारीको उद्देश्य जोताहा किसानहरूलाई सदस्य बनाउने हो । कृषि तथा कुटिर उद्योगलाई जोड दिने हो ।”
बैड्ढ तथा वित्तीय संस्थाले लेनदेनमात्रै गर्नु सहकारीको सिद्धान्त विपरीत हुने उहा“ले बताउनुभयो ।
उहा“ले भन्नुभयो, “सदस्यको पैसा निजी जस्तै बनाउने, घर–जग्गा खरिद गर्ने, गाडी चढ्ने, बैड्ढ ब्यालेन्स बढाउने गर्दा सहकारी डुब्दै गयो, सहकारीप्रति जनविश्वास घट्दै गयो ।”
ख्वप अस्पतालको अक्सिजन प्लान्ट सञ्चालन गर्न सहकारी संस्थाले गरेको सहयोग प्रति आभार प्रकट गर्दै प्रमुख प्रजापतिले आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
भक्तपुरका केही सहकारी संस्थाले आदर निकेतन र केहीले स्वास्थ्य केन्द्र सञ्चालनका साथै शैक्षिक ऋणको व्यवस्था गरेको सराहनीय कदम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
संस्थाका अध्यक्ष न्हुछेराम धुख्वाको सभापतित्वमा भएको उक्त सभामा उपाध्यक्ष्ँ राजेश्वरी शिल्पकार र कृष्णगोपाल चौगुठीलगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.