आन्तरिक स्रोत बढाउन र छिमेकी देशका पर्यटकहरूको आकर्षण बढाउन सके भक्तपुरको आयस्रोत बढाउन सकिने
भक्तपुर, १३ पुस ।
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयले भक्तपुर महोत्सवको अवसरमा साथ र सहयोग दिने सबैको उच्च मूल्याङ्कन गर्दै भक्तपुर नगरको मौलिक संरक्षण र पर्यटक प्रवद्र्धनको लागि कला संस्कृतिमार्फत देश र समाजको सकारात्मक परिवर्तनमा निरन्तर योगदान रहने विश्वासका साथ सम्बन्धित सबैलाई धन्यवाद कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई स्वदेशी तथा विदेशी पर्यटकहरूको गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर महोत्सव आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
आन्तरिक स्रोत बढाउन र छिमेकी देशका पर्यटकहरूको आकर्षण बढाउन सके भक्तपुरको आयस्रोत बढाउन सकिने विचार व्यक्त गर्दै उहा“ले पूरै नगरलाई जीवित सङ्ग्रहालयको रूपमा राख्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
पूरै नगर महोत्सवमय बनाउने महोत्सवको अर्काे उद्देश्य रहेको स्पष्ट पार्दै उहा“ले महोत्सवमा जनताले गरेको सहयोग अनुकरणीय भएको बताउनुभयो ।
समाजवादी मुलुकबाट पाठ सिकेर भनपाले काम गरिरहेको चर्चा गर्दै उहा“ले पैसा नै सबथोक होइन जनताको सहयोग महŒवपूर्ण हो भन्नुभयो ।
जनता, जनप्रतिनिधि र कर्मचारी मिले हरेक काम सफलतापूर्वक सम्पन्न गर्न सकिने एक उदाहरण भक्तपुर महोत्सव रहेको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले शिशु स्याहारदेखि कलेज सञ्चालन जनताकै सहयोगको निम्ति भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ३ समितिका अध्यक्ष कृष्णभक्त लवजुले निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुसार भनपाले काम गरिरहेको उल्लेख गर्दै भक्तपुर महोत्सवमा जनताले मनैदेखि सहयोग गरेको बताउनुभयो ।
ख्वप विश्वविद्याल स्थापना गर्न स्वीकृति नदिने सरकार शिक्षाविरोधी भएको प्रस्ट पार्दै उहा“ले भक्तपुर महोत्सवले जनता उत्साहित भएको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले गरिरहेको काममा स्वदेशी र विदेशी पर्यटकमात्र होइन विभिन्न दलका जनप्रतिनिधिले पनि प्रशंसा गरिरहेको उल्लेख गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भक्तपुर महोत्सव भक्तपुरलाई चिनाउने उत्सव रहेको विचार व्यक्त गर्दै उहा“ले महोत्सव अध्ययन अनुसन्धान गर्ने, यहा“को सीप, कला र उत्पादन देखाउने, अभिलेख तयार गर्न सघाउने महोत्सव पनि हो भन्नुभयो ।
महोत्सव समारोह समिति सचिवालयका सचिव गौतमप्रसाद लासिवाले जनताको भावनाअनुसार जनताबिच भिजेको भक्तपुर महोत्सव जनताको महोत्सव सिद्ध भएको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर महोत्सव पुरानो पुस्ताले नया“ पुस्तालाई प्रशिक्षित गर्ने शिक्षालय भएको उल्लेख गर्दै उहा“ले भक्तपुर महोत्सवको समग्र मूल्याड्ढन गरी एउटा महŒवपूर्ण दस्ताबेज तयार गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथले वडामा रहेको स्टलबारे जानकारी दिनुभयो भने रवीन्द्र कुसीले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा महोत्सवमा सहयोग गर्ने सम्बन्धित सबै सङ्घ संस्था र सहयोगीलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।



