भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विपन तुम्रोकले भेट
२०८१ पुस ५, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विपन तुम्रोकले भेट गर्नुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरिरहेका उदाहरणीय अभ्यासबारे जानकारी लिने उद्देश्यले भक्तपुर भ्रमणमा आउनुभएका वडाध्यक्ष तुम्रोकले भक्तपुर नपा शिक्षाको केन्द्रको रुपमा विकास भइरहेकोे बताउनुभयो । भेटमा उहाँहरुबीच दुई नगरपालिकाले गरेका असल अभ्यासहरुबारे पनि अनुभव आदानप्रदान भयो । प्रमुख प्रजापतिले वडाध्यक्ष तुम्रोकलाई नगरपालिकाका प्रकाशनहरु प्रदान गर्नुभयो ।
