भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको हालसम्मको तयारीबारे प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको मौलिकता, यहा“का कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पुर्ण तयारीहरु भइसकेको बताउँदै सा“स्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिने र ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने जानकारी गराउनुभयो ।
सोही क्रममा उहा“ले नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी, ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्कि· स्थलको व्यवस्था मिलाएको बताउ“दै महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा विहान ९ बजेदेखि सा“झ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएको बताउनुभयो ।
महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुृर, शसस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरुस“ग समन्वय र सहकार्य भइरहेको जानकारी गराउ“दै प्रमुख प्रजापतिले महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कूल ५७५ जना स्काउटरहरु परिचालन हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले महोत्सव सञ्चालन र व्यवस्थापनबारे आ—आफ्नो राय सुझाव दिएका थिए ।



+11
B