भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सव २०८१ मा खाना महोत्सवमा सहभागी हुनेहरुको भेला कार्यक्रम मंगलबार सम्पन्न भयो ।
भेलामा सम्बोधन गर्दै प्रमुख प्रजापतिले खाना महोत्सवमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने बताउँदै खाना महोत्सवमा स्वाद, पर्यटकसँगको व्यवहार र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
महोत्सवमा भक्तपुरका मौलिक खानाका परिकारलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले महोत्सवबाट स्थानीय स्वादसँगै स्थानीय उत्पादनहरुको पनि बजारीकरणमा टेवा पु¥याउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले महोत्सवमा राखिने खानेकुराहरु ताजा र स्वस्थर हुनुपर्ने भन्दै महोत्सवमा उपभोक्ता हितबारे पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै भनपा वडा नं. २ का वडाध्यक्ष एवम् खाना महोत्सव व्यवस्थापन समितिका संयोजक हरिप्रसाद बासुकलाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले महोत्सवको आयोजना गरेको बताउँदै महोत्सवमा विविधतायुक्त मौलिक खानाका परिकारहरुलाई समावेश गर्न पाउ उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवा र समितिका सदस्य जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।



