भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा भक्तपुर महोत्सव २०८१ भव्य र सभ्य रुपले सम्पन्न गर्न मंगलबार शुभकामना ¥यालीको आयोजना भयो ।
¥यालीमा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सव सबैको साझा महोत्सव भएको हुँदा यसलाई उल्लासमय ढंगले सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भक्तपुरको नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरि यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य महोत्सवको रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले महोत्सवको आकर्षणबारे प्रष्ट पार्दै पाँचदिने भक्तपुर महोत्सवमा सबैले सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्नुभयो ।




