Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा दुईदिने ‘बागीश्वरी उत्सव, हाम्रो महोत्सव’ को उद्घाटन

२०८१ मंसिर २४, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी कलेज, बागीश्वरी माध्यमिक विद्यालय र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा विद्यार्थीहरुको शिक्षण सिकाइ, विज्ञान प्रविधि र उद्यमशीलताको भावना उजागर गर्न आयोजित दुईदिने ‘बागीश्वरी उत्सव, हाम्रो महोत्सव’ २०८१ को सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले महोत्सव सफलताको शुभकामना दिँदै महोत्सवमा विद्यार्थीको मेहेनत, परिश्रम र अनुशासन प्रदर्शन हुने बताउनुभयो ।
कलेजको आयोजनामा भएको महोत्सवलाई भक्तपुरको महोत्सवको तयारीको रुपमा लिन सकिने बताउँदै उहाँले भक्तपुर नगरपालिकाको आयोजना हुने महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरुलाई पाठ्यपुस्तकसँगसँगै विद्यार्थीको सिर्जनशीलता उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना भएको बताउँदै महोत्सवमा सबै विद्यार्थीहरु परिचालन हुने अवसर प्राप्त हुने बताउनुभयो । महोत्सव विद्यालय र कलेजमा मात्र सीमित नराखी सर्वसाधारणलाई पनि हेर्ने प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले महोत्सवमा ५५ वटा स्थल रहेको बताउँदै महोत्सवमा विद्यार्थीहरुको उत्साहनजनक सहभागिता रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बागीश्वरी कलेजका शिक्षिका अबिना श्रेष्ठले पनि बोल्नुभएको थियो ।
महोत्सवका प्रमुख आकर्षणहरुमा स्टार्ट अप स्टल, फुड स्टल, खेल स्टल, संगीत स्टल, कला र शिल्प स्टल, थिफ्ट स्टल, विज्ञान प्रविधि स्टल, शैक्षिक स्टल, स्वास्थ्य सचेतना स्टल, टेक्स स्टल, पुस्तक प्रदर्शनी स्टल र मनोरञ्जनात्मक स्टल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.