Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिसँग पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले शुक्रबार भेट

२०८१ मंसिर १४

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले शुक्रबार भेट गर्नुभयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ लको निरीक्षणका क्रममा भक्तपुर पुग्नुभएका पोखरेलले प्रमुख प्रजापतिसँग भेटी भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेका पृथक अभ्यासहरुबारे जानकारी लिनुभयो । शिक्षा क्षेत्रमा भक्तपुर नपाको भूमिका प्रशंसनीय भएको बताउँदै रजिष्टार पोखरेलले दक्ष जनशक्ति उत्पादनमा यी कलेजहरुले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । (२०८१ मंसिर १४)

Leave A Reply

Your email address will not be published.