Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र पूर्व उद्योगमन्त्री अनिलकुमार झाबीच भेट

भक्तपुर । २०८१ मंसिर १३

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पूर्व उद्योगमन्त्री अनिलकुमार झाबीच बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट भयो । भेटमा उहाँहरुबीच भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा देशको समसामयिक विषयमा छलफल भयो ।
भक्तपुर नगरपालिकाले गरेको विकास मोडलको विषयमा पूर्वमन्त्री झाले राख्नुभएको जिज्ञासामा प्रमुख प्रजापतिले जनप्रििनधिहरु जनताको सेवा गर्ने भावना, कर्मचारी र स्थानीय जनताको एकमनको एकताले यो सम्भव भएको बताउनुभयो ।
मन्त्रीले झाले भनपाले सञ्चालन गरिरहेको ख्वप अस्पतालले जनताको राम्रो सेवा गरिरहेको बताउँदै रौतहटमा मेडिकल कलेज सञ्चालनको उद्देश्यले १६ बिघा जग्गामा १०० शैय्याको गजेन्द्र नारायणमान सिंह अस्पताल सञ्चालन गरेको तर चिकित्सकहरुको अभावको कारण राम्रोसँग सञ्चालन गर्न नसकेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले पूर्वमन्त्री झालाई नगरपालिकाका विभिन्न प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.