Explore news and happenings at Bhaktapur

बंशगोपाल पाटी पुनःनिर्माण शिलान्यास

मिति २०८१ मंसिर ३ गते सोमबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपा ३ नं वडा समिति कार्यालयको आयोजनामा वंशगोपाल पाटी पुनःनिर्माणको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि उपप्रमुख जोशीले भक्तपुर नपाले नगरबासीहरुको भावना र सुझावअनुसार जनताकै सहयोगमा उपभोक्ता समितिहरुमार्पmत कार्य अगाडि बढाइरहेको बताउनुहुँदै “बलियो, भरपर्दो र कम लागतमा बन्नुको साथै सबै अपनत्व हुनेछ” भन्नुभयो । भक्तपुर नगरलाई जीवन्त नगरको रुपमा अगाडि बढाउन यहाँको कला–संस्कृति सम्पदालाई माया गरी जिवन्तता दिन सके हाम्रो पहिचान हुने र अस्तित्व रहने धारणा राख्नुभयो । साथै भक्तपुर महोत्सव सारा भक्तपुरबासीको भएको हुँदा सबैको साथ र सहयोगमा सफल पार्न सबैसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोराले वडाका गतिविधिहरुबारे प्रष्ट पार्नुहुँदै सम्पदा पुनःनिर्माणमा स्थानीय वडावासीहरुको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
भनपाबाट विनियोजित सम्पदा पुनःनिर्माणको बजेटअन्तर्गत भएको वंशगोपाल पाटी पुनःनिर्माण कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा महिला वडा सदस्य सुनिता अवाल, उपभोक्ता अनुगमन समिति तथा वडा सदस्य कृष्ण गोपाल चौगुठी, उपभोक्ता समिति सदस्य सर्जु प्रसाद प्रधानाङ्गले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.