भक्तपुर नगरपालिकाको आयोजनमामा पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत वडा नं ४ स्थित राम मन्दिर खोला परिसर कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम देशकै निम्ति नमुना कार्यक्रम रहेको बताउनुहुदै नागरिकहरुले आफू बस्ने ठाउँ आफै सफा गर्नुपर्ने बताउनुभयो ।
२०७४ सालबाट पाक्षिक नियमित सरसफाई कार्यक्रम गरिदै आएकोमा कोभिडको कारणले रोकिएको सरसफाई कार्यक्रम दोस्रो कार्यकालमा निरन्तरता दिइरहेको बताउनुहुदै २०५४ सालपछि हुन गैरहेको भक्तपुर महोत्सवमा भक्तपुरको कला, रहनसहन, भेषभुषा तथा गतिविधी अन्तर्राष्ट्रिय जगतमा थप चिनाउने प्रयत्न भैरहेको बताउनुभयो ।
नेपालमा आउने करिव २५ प्रतिशत पर्यटकले भक्तपुर अवलोकन गर्ने गरेको तथ्यांक बताउनुहुदै प्रमुख प्रजापतिले स्थानीय पाठ्यक्रम मार्फत विभिन्न संस्कृति तथा पुरातात्त्विक महत्वका विषयमा पठनपाठन भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले राममन्दिर धार्मिक तथा ऎतिहासिक महत्वको ठाउँ रहेकोले त्यस क्षेत्र वातावरण सुधार्ने प्रयासहरु भैरहेको बताउदै खोलामा फाल्नेलाई आवश्यक कानुनी कारवाही गर्ने समेत बताउनुभयो ।
स्वागत मन्तव्य दिनुहुदै भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले भनपाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखि नियमित सफाइ गरिदै आएको बताउनुहुदै नयाँ पुस्ताले सरसफाइबारे व्यवहारिक ज्ञान सिक्नुपर्ने र भक्तपुर महोत्सवमा आ आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा सदस्य मन्जुमैया लाखाजुले पनि बोल्नुभएको थियो ।



