भक्तपुर महोत्सव – २०८१ (Bhaktapur Festival -2024) को प्रेस विज्ञप्ति
१. परिचयः
नेपालकै सानो जिल्ला (११९ वर्ग कि.मी.) भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाण्डांैबाट १३ कि.मी. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिक रुपमा सानो नगर (६.८८ वर्ग कि.मी.) भए पनि नेपालकै एक महत्वपूर्ण सा“स्कृतिक र ऐतिहासिक नगर हो । २०७८ को जनगणना अनुसार भक्तपुर जिल्लामा कूल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या रहेको छ भने भक्तपुर नगरपालिका भित्र ७९ हजार १ सय ३६ जनसंख्या बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरुकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहा“का सा“स्कृतिक एवम् ऐतिहासिक सम्पदाहरु विश्व प्रसिद्ध छन् ।
भक्तपुरकोे मौलिक सा“स्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको हो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सा“स्कृतिक केन्द्रको रुपमा समेत परिचित छ । यहा“का शताब्दीऔं पुराना मठ– मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछे“, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमूना हुन् । वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु यहा“का मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको छ ।
कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सा“स्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धनमा जनपरिचालन गर्दै आएको छ । नया“ पुस्तालाई भक्तपुरको मौलिकतासंग परिचित गराउ“दै यसको महत्व बुझाउन नगरका कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको लागि स्थानीय पाठ्यक्रम तयार गरेको छ । भक्तपुर नगरपालिकाले “पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति” नारालाई आत्मसात गर्दै यहा“का मूर्त र अमूर्त सम्पदामा आधारित पर्यटन उद्योगको विकास गरी शहरको आर्थिक विकासमा सहयोग पुगेको छ । यसबाट भक्तपुरलाई सरसफाई, सम्पदा संरक्षण र समाजिक विकासमा नमूना नगरको रुपमा अगाडि बढाउन स्थानीय जनसहभागितामा कला, संस्कृति र सम्पदा संरक्षण कार्य अगाडि बढाई रहेको छ । पा“चतले मन्दिर, भैरवनाथ मन्दिर, सिद्ध पोखरी, लक्ष्मी नरसिंह मन्दिर, न्हुःपुखु (रानी पोखरी), भाजु पुखु, चतुर्ब्रम्ह महाविहार, झौरबहि, बेताल मन्दिर, इन्द्रयणी द्योछे“, छुमा गणेश द्योछे“ लगायत टोल–टोलका पाटी, सत्तल, मठ, ढुंगेधारा, इनार, पोखरी, बहाबही सहित सयौं सम्पदाहरु जिर्णाेद्घार र पुनः निर्माण सम्पन्न गरेको छ ।
भक्तपुर नगरपालिकाले पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विदेशी भाषा तालिम, कम्प्युटर र पाक शिक्षालगायतका सीपमूलक तालिमहरु नियमित सञ्चालन गर्दै आईरहेको छ । स्थानीय पथ प्रदर्शकहरुलाई तालिम दिई परिचालन समिति मार्फत पथप्रदर्शकहरुलाई अनुशासित र मर्यादित गरि भक्तपुरको पर्यटन उद्योगलाई व्यवस्थित गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले यहा“को पुरानो सा“स्कृतिक क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकहरुसंग प्रवेश शुल्क उठाउ“दै आएको छ । प्रवेश शुल्कको व्यवस्था संसारका धेरै शहरहरुमा छन् । त्यसबाट उठेको आम्दानीलाई भक्तपुर नगरपालिकाले सरसफाई, कला, संस्कृति एवं सम्पदा संरक्षण, स्वास्थ्य सेवा र शिक्षामार्फत जनताको सेवा गर्दै आएको छ । शिशु स्याहारदेखि कलेज तहसम्म संचालन गरी देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गदैं आएको छ । नगरपालिकाद्वारा सञ्चालित ७ वटा (विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा, कानून र ईन्जिनियरीड्ड संकायका) कलेजहरुमा ७७ वट्टै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु न्यून शुल्कमा अध्ययनरत छन् । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल र विभिन्न वडाहरुमा संचालित जन स्वास्थ्य सेवा केन्द्रहरुमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नर्सिड्ड सेवामार्फत जेष्ठ नागरिक, सुत्केरी, दीर्घरोगीलगायत सर्वसाधारण नागरिकलाई घरघरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउ“दै आएको छ ।
भक्तपुर नगरपालिकाले व्यवस्थित सहरीकरणको लागि तीनवटा आवास योजना सम्पन्न गरिसकेको छ भने देको मिवा इटापाके आवास योजना सञ्चालनमा रहेको छ । भक्तपुरको पुरानो क्षेत्र विश्व सम्पदा सूचीमा समेत परेको हु“दा नगरकोे पुरानो स्वरुप र सम्पदा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो । तसर्थ परम्परागत शैलीको घर निर्माणलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था र निर्माण सम्बन्धी तालिम दिंदै आएको छ ।
सांस्कृतिक नगर भक्तपुर, सफा नगर भक्तपुर, नाचगानको राजधानी भक्तपुर, शैक्षिक गन्तव्य भक्तपुर, ज्ञान विज्ञानको केन्द्र भक्तपुर, जीवित संग्रहालय भक्तपुर, नेपालकै नमूना नगरको रुपमा अगाडि बढिरहेको नगर हो । आर्थिक अनुशासन, पारदर्शीता, इमान्दारिता र जनसहभागिता भक्तपुरको मौलिक विशेषता हो । राज्य र समाजलाई सुदृढ र सबल बनाउ“दै समाजलाई सभ्य, सुसंस्कृत र बुद्धिजिवीकरण गर्दै ‘सय वर्ष पछिको भक्तपुर’ को परिकल्पनालाई सार्थक बनाउन पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउ“दै आय आर्जनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गर्दैछौं ।
२. भक्तपुर महोत्सव २०८१
भक्तपुर कला, संस्कृतिको जिवन्त शहर हो । हरेक पन्ध्र दिन र महिना दिनमा आउने यहा“को सांस्कृतिक पर्व, दाफाभजन, परम्परागत नाचगान र परम्परागत सीप–मृत्तिकाकला, वास्तुकला, हस्तकला आदिको कारण भक्तपुरलाई “जीवन्त कला–संस्कृति” सहितको महोत्सवै महोत्सवको शहरको रुपमा चिनिन्छ । भक्तपुर नगरपालिकाले समय समयमा ठूला र साना महोत्सवहरुको आयोजना गर्दै आएको छ । वि.सं. २०५४ साल कात्र्तिक ६–१० गते सम्म पा“च दिनको “भक्तपुर महोत्सव” र २०६९ साल असोज ६ गते एक दिने “भक्तपुर सडक महोत्सव – २०६९”, २०७६ पुस १६ गते “सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन”, २०७९ चैत्र १८–१९ गते “सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला”, २०८० श्रावण २० गते “भक्तपुरका पोखरीहरुको पदयात्रा मेला” र २०८० पौष १४ गते “बहाबही पदयात्राका साथ योमरी उत्सव” सफलता पूर्वक सम्पन्न ग¥यौं । भक्तपुर नगरपालिकाकै आयोजनामा २०५६ सालमा युनेस्को कल्चर हेरिटेज म्यानेजमेन्ट एण्ड टुरिज्म विषयक अन्तर्राष्ट्रिय सम्मेलन ९ूग्ल्भ्क्ऋइ ऋगतिगचभ, ज्भचष्तबनभ, ःबलबनझभलत बलम त्यगचष्कmू क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ ० सम्पन्न भएको छ । यसर्थ भक्तपुरका जनताहरु महोत्सवबारे परिचित छन् ।
३. महोत्सवको उद्देश्यः
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहा“को मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउ“दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरि पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको छ । महोत्सवका अन्य उद्देश्यहरुमा यहा“का नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरि यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि रहेको छ ।
४. महोत्सवका मूख्य आकर्षणहरु ः
१. सांस्कृतिक कार्यक्रम ः बा“सुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सा“स्कृतिक नाच
२. प्रदर्शनी ः पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना
आदि ।
३. मेला÷महोत्सव ः खाना महोत्सव, व्यापार मेला, दही महोत्सव
४. मनोरञ्जनात्मक गतिविधि ः नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकूद
५. महोत्सवको संरचना ः
भक्तपुर महोत्सवलाई व्यवस्थित र भव्यताका साथ संचालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखहरु, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरिएको छ ।
६. महोत्सवको बजेट ः
भक्तपुर महोत्सवलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न रु १ करोड ५० लाख रुपैया“ बजेट बिनियोजन गरिएको छ । महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधि मार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
७. महोत्सव सञ्चालन हुने अवधि ः जम्मा ५ दिन
२०८१ मंसिर २८ गते देखि २०८१ पुस २ गतेसम्म
नेपाल सम्बत ११४५ थिंलाथ्व त्रयोदशी निसें थिंलागा द्वितीया तक
अन्तमा, भक्तपुर महोत्सव – २०८१ भव्यताका साथ सम्पन्न गर्न सम्पूर्णमा अनुरोध गर्दछौं ।
धन्यबाद !
सुनिल प्रजापति
नगर प्रमुख एवम् संयोजक
भक्तपुर महोत्सव मूल समारोह समिति
मिति ः २०८१ कार्तिक २८ गते



