युवाहरूको मेहनत र सक्रियताले नै नगर, जिल्ला र देशकै प्रगति हुने
भक्तपुर, ५ साउन ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका आफ्नै खुट्टामा उभिएर नगरको विकास गर्ने दृष्टिकोणका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।
शनिबार भनपा वडा नं. ६ स्थित महाकाली पिठमा भौल्वापुखु युवा समूहको तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले आत्मनिर्भर भई गरेका विकास मात्र दिगो र भरपर्दो हुने गरेको विश्वका विभिन्न देशको उदाहरणले देखाएको चर्चा गर्नुभयो ।
उहाँले भनपाद्वारा सञ्चालित ख्वप सर्कलका कलेजहरूमा देशभरकै विद्यार्थीहरूलाई सुपथ शुल्कमा उच्च शिक्षा अध्ययन–अध्यापन गराउ“दै आएको जानकारी दि“दै सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न र ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन माग गरिरहेको प्रस्ट पार्नुभयो ।
युवाहरूको मेहनत र सक्रियताले नै नगर, जिल्ला र देशकै प्रगति हुने बताउ“दै उहा“ले देशका युवाहरू अध्ययन र रोजगारीको नाउ“मा विदेशिने प्रवृत्ति बढ्नु सुखद नरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र सम्पदाको केन्द्र बनाउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दि“दै वडा वडामा कम लागतमा उपभोक्ता समितिमार्फत गुणस्तरीय निर्माणहरू भइरहेको जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले नयाँ पुस्तामा लागुऔषध सेवन र जुवा तासको गलत लतमा फस्न जाने जोखिमतर्फ अभिभावकहरू मात्र नभई सिङ्गो समाज सजग रहनुपर्ने बताउनुभयो ।
उहा“ले समाजलाई सुसंस्कृत बनाउ“दै जाने कष्टसाध्य कार्यमा एकै समूह र पुस्ता लागेर नपुग्ने बरु सबै सचेत नागरिकहरू र समाजसेवी संस्थाहरू लाग्नुपर्ने बताउनुभयो ।
भौल्वापुखु युवा समूहका अध्यक्ष सुरेन्द्रप्रसाद दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समूहका सचिव सुन्दर त्यात, कोषाध्यक्ष कृष्णराम कोन्डा र सदस्यहरू गोपीकृष्ण चा“गुभारी, कृष्णभक्त चा“गुभारी र प्रकाश थुसालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा समूहका अध्यक्ष सुरेन्द्रप्रसाद दुवाल नेपाल पुस्तकालय सङ्घको केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएकोमा र सदस्य गोपीकृष्ण चाँगुभारी नेमकिपा भनपा ६ को अध्यक्ष पदमा हालै निर्वाचित हुनुभएकोमा प्रमुख अतिथि नगर प्रमुख प्रजापतिबाट सम्मानपत्र प्रदान गरिएको थियो भने जुजु धौ बनाउने तालिमका सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


