विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेजमा सञ्चालित ‘इन्टरप्रिनरसिप सपोर्ट’ कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ’ कार्यक्रमको समापन कार्यक्रम शुक्रबार ख्वप कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले देश विकासको लागि युवा पुस्ता अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै युवाहरूलाई उद्यमी बनाउन विश्वविद्यालय अनुदान आयोगको ‘इन्टरप्रिनरसीप सपोर्ट कार्यक्रम’ सकारात्मक रहेको बताउनुभयो ।
“समाजको आवश्यकतालाई मनन गरी विद्यार्थीहरू अगाडि बढ्नुपर्छ । परीक्षामा उत्तीर्ण गर्नेभन्दा पनि आफ्नो भविष्यलाई उज्ज्वल बनाउने सोचसहित अध्ययन गर्नु खा“चो छ । आफू हुर्केको समाज र धरातललाई विद्यार्थीहरूले कहिल्यै बिर्सनुहुन्न,” उहा“ले भन्नुभयो ।
अध्ययनस“गै उद्यमशील हुन सके जीवनमा काम नपाउला भन्ने चिन्ता गर्न नपर्ने धारणा उपप्रमुख जोशीले व्यक्त गर्नुभयो ।
भक्तपुरलाई शिक्षाको गन्तव्यस्थल बनाउने लक्ष्यका साथ ‘सय वर्षपछिको भक्तपुर’ किताबलाई आधार बनाई भनपाले काम गरिरहेको चर्चा गर्दै उहा“ले भन्नुभयो, “सर्वसाधारण जनतालाई समेत उच्च शिक्षाको पहु“च पु¥याउन भनपाले ७ वटा कलेजहरू सञ्चालन गरिरहेको छ । कमजोर आर्थिक अवस्था भएका नगरवासीलाई उच्च शिक्षाको अवसर दिन नगरपालिकाले रू. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था गरेको छ ।”
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीलाई सफल उद्यमी बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै ‘इन्टरप्रिनरसिप सपोर्ट कार्यक्रमको महŒवबारे स्पष्ट पार्नुभयो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले निरन्तर सिकाइ नै जीवनको अ· भएको धारणा राख्दै आफूले हासिल गरेको सीप र सोचलाई व्यवहारमा उतार्नु जरूरी रहेको बताउनुभयो ।
“सहकार्य र सामूहिक भावनामा जोड दिई विद्यार्थीहरू अगाडि बढ्न सके समाजकै लागि योगदान गर्न सकिनेछ”, उहा“ले भन्नुभयो ।
ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले पढाइका साथसाथै उद्यमी हुने सोचसहित अध्ययन गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका निमित्त संयोजक एवं कलेजका उपप्राध्यापक रामेश्वरी बखुन्छेले विद्यार्थीमा रहेको व्यवसायिक सोचलाई उद्यमी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
देशभरका २४ वटा कलेज यस कार्यक्रमको लागि छनोट भएको जानकारी गराउँदै उहाँले छनोट हुन सफल विद्यार्थीलाई रू. ५ लाखदेखि रू. ४० लाखसम्मको पु“जी रकम उपलब्ध गराइने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक दिनेश प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिकाका उपनिर्देशक प्रभाषकुमार चालिसे, विषयविज्ञ डा. किशोर हाकुदुवाल, युवा उद्यमी ई. सुरेश कवां र ख्वप कलेजका उपप्राध्यापक सुनिला हाडाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा ख्वप कलेजमा अध्ययनरत २६ जना विद्यार्थीले आ–आफ्नो व्यवसायिक योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राध्यपाक सुनिता गाइसीले पनि बोल्नुभएको थियो ।
यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई कलेजले गत फागुन २६ गतेदेखि उद्यमशीलता विकास गराउने उद्देश्यसहित कक्षा सञ्चालन गरेका थिए ।
