Explore news and happenings at Bhaktapur

स्थानीय भाषा ऐन निर्माणबारे ध्यानाकर्षण

भक्तपुर । २०८१ जेठ ३२, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेवाः देय् दबूका प्रतिनिधिमण्डल टोलीले आज भक्तपुर नपाको सभाकक्षमा भेट ग¥यो । सोही क्रममा टोलीले प्रमुख प्रजापतिसमक्ष ‘स्थानीय भाषा ऐन निर्माण’ को लागि भक्तपुर नगरपालिकाको तर्फबाट आवश्यक पहलको लागि अनुरोध गरेको छ ।
प्रमुख प्रजापतिले भाषा र संस्कृति देशको पहिचान भएको बताउँदै भाषाको ज्ञान बढाउन विद्यार्थी जीवनबाट भाषा अध्ययन अध्यापन गर्न जरुरी रहेको बताउनुभयो ।
नेपालभाषा प्रवद्र्धनमा भक्तपुर नपाले जोड दिँदै आएको बताउँदै इतिहास, भूगोल, राजनीति शास्त्र, नेपालभाषालगायत महत्वपूर्ण विषय लिएर उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई भक्तपुर नपाले पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भाषालाई पाठ्यक्रममा समावेश गर्ने विषयमा आवश्यक छलफल भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले जसो बैठक तथा कार्यक्रमहरू पनि नेपालभाषामै सञ्चालन गर्न जोड दिँदै आएको बताउनुभयो ।
सोही क्रममा ख्वप देय् दबू, बागमती प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा आयोगको सिफारिसको आधारमा बागमती प्रदेश सरकारले नेपालीका अतिरिक्त नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नका लागि बागमती प्रदेश राष्ट्र भाषा ऐन निर्माण गरी कार्यान्वयनको चरणमा रहेको अवस्थामा बागमती प्रदेशको काठमाडौं उपत्यका भित्रका सबै नगरपालिकाहरूमा भाषा आयोगको सिफारिस र बागमती प्रदेश राष्ट्र भाषा ऐनको आधारमा स्थानीय भाषा निर्माणको लागि निरन्तर रुपमा अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय भाषा ऐन निर्माणको लागि भक्तपुर नपाको तर्फबाट आवश्यक पहलको लागि समेत अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.