बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा
२०८१ जेठ १३ गते आइतबार
बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउ“ले टोपी र खादा ओढाई आज भनपा सभाकक्षमा स्वागत गर्नुभयो ।
भेटमा मन्त्री बज्रचार्यले सम्पदा निर्माण र संरक्षणमा पुर्खाको योगदान अतुलनीय रहेको चर्चा गर्नुहु“दै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
काठमाण्डौ उपत्यकामा खेतीयोग्य जमीनको अभाव हु“दै गएको बताउनुहु“दै उहा“ले सिमेन्टको आयु ५०–६० वर्ष मात्र हुने भएकोले डण्डी सिमेन्टभन्दा माटो जोडाइको मौलिक शैलीको घर निर्माणमा जोड दिनु आवश्यक भएको बताउनुभयो । उहा“ले मन्त्रालयका प्राविधिकहरुलाई सम्पदा संरक्षणसम्बन्धी जनचेतना र मौलिक शैलीमा सम्पदा संरक्षण गर्ने सम्बन्धी सचेतना आवश्यक भएको बताउनुभयो ।
उपत्यका भित्रका पुनःनिर्मित सा“स्कृतिक सम्पदाहरुमध्ये धेरैजसो विदेशीहरुको सहयोगमा पुनःनिर्माण गरिएको चर्चा गनैुहु“दै काठमाण्डौ उपत्यकामा खेतीयोग्य जमीन र किसानहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा भनपा प्रमुख प्रजापतिले विगत ७ वर्षको अवधिमा १५४ वटा सम्पदा पुनः निर्माण भैसकेको बताउनुहु“दै सम्पदा पुनःनिर्माणमा ठेक्का प्रथा उचित नभएको र हाम्रो सम्पदा संरक्षण गर्न हामी आपैm सक्षम हुनुपर्ने बताउनुभयो । १२ करोड ८५ लाख लागत अनुमान थन्थु दरबार पुनःनिर्माणको कार्य हाल सूचारु रहेको बताउनुहु“दै उहा“ले सम्पदा संरक्षणमा दीर्घकालीन सोच राखेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पुरानौ शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई मोहडामा लाग्ने काठ र ईटामा ३५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको बताउनुहु“दै प्रमुख प्रजापतिले उपत्यकाका सा“स्कृतिक क्षेत्रहरुको संरक्षणको लागि उक्त ठाउ“का घरजग्गाहरु काठमाण्डौ बाहिरका व्यक्तिहरुले किन्न नपाउने व्यवस्थाको लागि कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, उपप्रमुख रजनी जोशी, लुम्बीनी विकास बोर्डका अध्यक्ष राजेश शाक्य, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, पर्यटन शाखा प्रमुख गौतम प्रसाद लासीवा, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रजापतिले मन्त्री बज्राचार्यलाई भनपाका प्रकाशनहरु र भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम पश्चात मन्त्री बज्राचार्यको टोलीले भनपाद्वरा पुनःनिर्माण गर्दै गरेको थन्थु दरबार, भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, तालाको क्षेत्रलगायतको अवलोकन गर्नुभएको थियो ।



