स्तन तथा पाठेघर क्यान्सर र महिला र पुरुषमा हुने ठूलो आन्द्राको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर नगरपालिा वडा नं. २ को आयोजनामा महिलाहरुमा हुने स्तन तथा पाठेघर क्यान्सर र महिला र पुरुषमा हुने ठूलो आन्द्राको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
सो कर्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य क्षेत्र निकै संवेदनशील विषय भएको हुँदा जनताको सहजता र स्वास्थ्यसम्बन्धी सचेतताको निम्ति वडा वडामा स्वास्थ्य शिविर सञ्चालनमा जोड दिँदै आएके बताउनुभये ।
उहाँले शिक्षा र स्वास्थ्यको विकास गरी जनताको सेवामा समर्पित भावले अगाडि बढिरहेको बताउँदै यी दुई क्षेत्रको विकास र व्यवस्थापनले नागरिकहरुलाई जीवनयापनमा समेत सहजता प्राप्त हुने बताउनुभयो । भक्तपुर जनता, जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासले आजको भक्तपुर निर्माण भएको बताउँदै स्वास्थ्य क्षेत्रमा अझ सहजता प्रदान गर्ने हेतुले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
कर्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुलो सभापतित्वमा भएको उक्त कार्यक्रममा श्यामसुन्दर मातां, रोशनराज तुइतुइ, रत्नकाजी नायभारी, मन्जुमैया लाखाजु र डा. पुनम थापाले पनि बोल्नुभएको थियो ।

