Explore news and happenings at Bhaktapur

पुरुष र महिला एन.सी.सी. आमन्त्रित उपत्यकाव्यापी T20 क्रिकेट टुर्नामेन्टको ट्रफी अनावरण तथा जिल्लास्तरीय महिला टीमहरुको जर्सी सार्वजनिकिकरण

भक्तपुर, जेठ ११ ।

0
भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १२—१९ गतेसम्म हुने पुरुष र महिला एन.सी.सी. आमन्त्रित उपत्यकाव्यापी T20 क्रिकेट टुर्नामेन्टको ट्रफी अनावरण तथा जिल्लास्तरीय महिला टीमहरुको जर्सी सार्वजनिकिकरण भएको छ ।
ट्रफी अनावरण गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टुर्नामेन्टको सफलताको शुभकामना दिनुहुदैें अनुशासित र निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि खेलकुद पूर्वाधार निर्माणमा जोड दिदै विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो ।
क्रिकेटलाई राज्यले प्राथमिकतामा नराखेको बताउनुहुदैं प्रमुख प्रजापतिले रंगशाला निर्माणमा विदेशी संस्थाको सहयोगमा नभई सरकारकै लगानीमा निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले क्रिकेटको दिगो विकास र खेलाडीलाई उपयुक्त दबु प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । भक्तपुर क्रिकेट क्षेत्रमा पनि सम्भावना भएको जिल्ला रहेको बताउनुहुदैं क्रिकेट खेलको विकासमा भक्तपुर नगरपालिकाबाट पनि आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा टुर्नामेन्ट निर्देशक सन्तोष शाक्यले प्रतियोगिताले समग्र खेलकुद क्षेत्रमा जोड पुग्ने र खेलाडीहरुमा हौसला मिल्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.