भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा आउनुभएका प्रतिनिधि टोलीले आज भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुर र पोखराले कला, संस्कृति र सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनमा गरिरहेका अभ्यासबारे अनुभव आदानप्रदान भयो ।


