Explore news and happenings at Bhaktapur

चीन, वंगलादेश, मंगोलिया र रसियाका विज्ञहरुको भक्तपुर भ्रमण

भक्तपुर । ६ जेठ

0
सोभियत संघ र रसियाबाट उच्च शिक्षा हासिल गरी फर्केका रसिया, चीन, बंगलादेश, भारत, मंगोलिया र भियतनामका विज्ञहरुको छेठौं एसियन भेटघाट सम्मेलन नेपालमा आज सम्पन्न भएको छ ।
मित्रकुञ्जको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आज भक्तपुर नगरको सम्पदा क्षेत्रहरुको भ्रमण गरेका थिए ।
करिब ५० जनाको अन्र्तराष्ट्रिय विज्ञहरको भ्रमण टोलीहरुलाई भक्तपुर नगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरि भक्रपुर दरबार क्षेत्र (लायकु) ढोकामा नगरपालिकाको प्रकाशन सहित भादगाउँले कालो टोपी, खादा र परम्परागत नेवारी थैली उपहार प्रदान गरी स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतम प्रसाद लासिवाले भक्तपुरको परिचयका साथै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुको निर्देशन र सक्रियता, स्थानीय जनताको सहयोगमा र कर्मचारीहरुको दृद्धताले र कर्तव्य वोधले यहाँको कला, संस्कृति र सम्पदा संरक्षण, अस्पताल र शैक्षिक संस्था निर्माणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनु भयो ।
भक्तपुर नगरपालिकाले विज्ञ विदेशी र स्वदेशी पाहुनाहरुलाई स्वागत र भक्तपुर नगर भ्रमणको व्यवस्था गरेकोमा मित्र कञ्जका नहेन्द्र प्रधानले धन्यवाद दिंदै भक्तपुर नगरपालिकाले विदेशी पाहुनाहरुलाई अवलोकन गराउन लायकको सांस्कृतिक नगरको रुपमा विकास गरेको प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा चीन, वंगलादेश, मंगोलिया र रसियाका टोली नेताहरुले पनि भक्तपुर नगरपालिकालाई धन्यबाद ज्ञापन गर्दै उपहार प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.